arrow

कांग्रेसद्वारा बन्दसूची बनाउन शुरु

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ।

पार्टीकातर्फबाट संसद्को निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि आज संसदीय समिति गठन भएकै दिनदेखि बन्दसूची तयार गर्ने कार्य शुरु गरेको पार्टीका नेता एवं समिति सदस्य बालकृष्ण खाँडले जानकारी दिए। समितिको पहिलो बैठकले यही असोज २८ गतेसम्म बन्दसूची तयार गर्नेगरी काम शुरु गरेको उनले बताए। जिल्लाबाट प्राप्त भएका नामावलीको सूची आजै पार्टी कार्यालयले समितिमा बुझाएको थियो।

समितिले केन्द्रीय कार्यालयबाट प्राप्त सूचीमा आवश्यक छलफल गरी निश्चित मापदण्ड बनाएर नामावली तयार गर्ने नेता खाँडले बताए। बैठक आज पनि बस्नेछ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्नुभएको हो।

पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्नसक्ने प्रावधान छ। विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्नसक्ने प्रावधान छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ