arrow

एनआरएनएको अध्यक्षमा जमुना घलेको उम्मेदवारी घोषणा, उम्मेदवारी किन ?

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
nrna-jamuna-ghale.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए को अध्यक्ष पदमा अस्ट्रेलियामा व्यवसाय गर्दै आइरहेकी जमुना घलेले उम्मेद्वारी घोषणा गरेकी छिन् । 

जमुना हालका एनआरएनए अध्यक्ष शेष घलेकी श्रीमती हुन् । जमुना हाल अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य छिन् । 

शेष घलेको दुई कार्यकाल पुरा हुने भएको हुँदा उनी फेरि उम्मेदवार हुन पाउने छैनन् । 

शेष घले निकटले यसअघिदेखि नै जमुनालाई अध्यक्षमा अगाडि सारेका थिए । 

पत्रकार सम्मेलन गरेर जमुना घलेले उम्मेदवारी घोषणा गरेकी हुन् । 

आफ्नो उम्मेदवारीबारे उनले ८ बुँदा समेटेकी छिन् ।

१, गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पुरा गर्न 
२, गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन 
३, महिला सशक्तिकरण र सहभागीतालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न 
४, गैरआवासिय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै सामुहिक नेतृत्वको अवधारणा अन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न 
५, गैरआवासीय नेपाली संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कुटनीतिक स्तरमा अझ पारदर्शीरुपमा विकास गर्न 
६, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमा भित्र सम्पन्न गराउन 
७, संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०२० एण्ड बियोन्ड’ लाई सफल कार्यान्वयन गर्न 
८, एनआरएनएका हरेक एनसीसीलाई आर्थिक कुटनीतिकको भूमिका निर्वाह गर्न र नेपाललाई समृद्धिको बाटोमा इटा थप्ने काममा प्रोत्साहित गर्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ