arrow

एनआरएनसंग गरिएको आशा र अपेक्षा 

logo
बद्रि भट्टराई,
प्रकाशित २०७४ असोज २६ बिहिबार
badri-bhattarai1.jpg

काठमाडौं । हरेक राष्ट्रको समृद्धिको आधार भनेको उक्त राष्ट्रको आर्थिक सुचक नै हो । आर्थिक समृद्धिको आधार भनेको आर्थिक पारदर्शिता र अनुशासन हो । यो नियम राज्यदेखि साधारण नागरिकसम्म लागु हुन्छ । 

यो अन्तर्राष्ट्रिय सिद्धान्त पनि हो । विकासको उच्च तहमा पुगेको राष्ट्र र विकासको गतितर्फ लम्कदै गरेको राष्ट्रमा आप्रवासीहरुको जिम्मेवारी फरक–फरक हुन्छ । 

नेपाल प्राकृतिक रुपमा सम्पन्न तर विकासको गतिमा अगाडी बढ्न नसकेको रुपमा विश्वले चिन्ने गरेको छ । राजनैतिक संक्रमणकालिन अवस्था र राजनैतिकदलहरुको नेतृत्वको लहडी निर्णयहरुका कारण देश आर्थिक रुपमा उठन सकिरहेको छैन । 

बौद्धिकताका नाममा समाजमा नकारात्मक सन्देश मात्र प्रभाव गर्ने वौद्धिकताले पनि नेपाली समाजलाई नकारात्मक बाटो तर्फ लगिरहेको छ ।  मेहनत र परिश्रमका पक्षमा हुने वकलात भन्दा अधिकारका नाममा गरिने वकालतले हाम्रो समाजलाई अल्छी समेत बनाइरहेको छ ।  

एनआरएनको अधिवेशन 
२०७२ बैशाख १२ को विनासकारी भुकम्प,  राजनैतिक अस्थिरताका कारण रोकिएका विकास निर्माण र आधुनिक समाज सुचना प्रविधिको अवस्था यी सबै विषयमा नेपालीहरुको ध्यान एनआरएन तर्फ मात्र हेर्न थालिएको छ । 

भौतिक संरचना निर्माणदेखी सुचनाप्रविधिसम्म , राजनैतिक आवरणका सहयोगदेखी स्थानीय क्लब, खेल मैदान र लाइब्रेरीसम्मको निर्माणमा हाम्रो समाज एनआरएनको बाटो कुर्ने भइसकेको छ । 

प्राकृतिक श्रोत र साधानको उचितम प्रयोग पर्यटनका आधारहरु र उर्जा शक्तिमा समग्र एनआरएनको प्रवेश गराउने तर्फ भन्दा हाम्रो समाज व्यक्तिगत स्वार्थ र प्रभावमा तल्लिन हुनले समग्र सोचलाई नै नकारात्मक बाटो तर्फ लैजान सहज भएको अनुमान लगाउन सकिन्छ । 

राष्ट्र भित्र नातागोता, आफन्त संग रमाएर बस्ने, रुमाल फिजाएर समाजसेवाको बहस गरेर वैदेशिक अध्यय र अध्यायपमा अनि बौद्धिकताको कसिमा रमाएर मात्र समाज बन्दैन । हाम्रा लागि देश बाहिर रहने हरेक नेपाली एनआरएन हुन् । 

अमेरीकादेखि अष्ट्रेलिया होस् वा युरोपदेखि अफ्रिका होस् वा भारतदेखि साउदी, कतार दुबही अनि मलेसिया किन नहोस् उm हाम्रा लागि एनआरएन हो । 

एनआरएनएको संस्थाले विश्वभरका नेपालीहरुलाई कसरी समेट्छ वा समेट्न सक्छ त्यो फरक पाटो हो । त्यसको सहभागीता, समावेशीता अर्को पक्ष हो । 

हाम्रो नजर त्यँहा हो, जो घर,परिवार,समाज अनि राष्ट्र छोडेर प्रवासमा बसेर मेहनत गरेको रकम आफ्ना लागि, परिवारका लागि छुटएर  बचेको रकम आफ्नो राष्ट्रको समुन्तीका लागि खर्चिन्छ त्यो एनआरएन हो । उसको रंग,वर्ग,जात,धर्म त नकारात्मक सोचको उपज मात्र हो । 

कमाई अनुसारको लगाउनु, खानु बस्नु त्यो व्यक्तिगत कुरा हो । ५,००० हजार डलर अमेरिकाबाट सहयोग आउनु र ५०० (दिराम,रियाल) सहयोग आउनु पाउनेका लागि फरक फरक होला तर पठाउनेका लागि एकै तहको हो । यो पाउनेले कहिल्यै भुल्नु नहुने कुरा हो । 

सन् २००३ मा काठमाडौंबाट नै आफ्नो सांगठनिक संरचनाको सूरुवात गरेको संस्थाको अवस्था कस्तो हुने र बनाउने भन्ने तर्क र भावना त्यहाँको नेतृत्वले देखाउने कला हो । हरेक नेतृत्वलाई हरेक पटक प्रश्न उठेको छ । 

एनआरएनए सबैको साझा हो । सबैको हैसियता समान हो । यदि त्यस्तो छैन भने नयाँ नेतृत्वले त्यसलाई स्थान दिनुपर्दछ । त्यहाँ भित्रको संरचनाको मालिक सबै आवद्ध एनआरएनहरु नै हुन् । 

एनआरएनको सम्मेलन सुरुवात हुन लागेको छ । अबको नेतृत्वले एउटा सुन्दर लगानी नेपालमा गर्नुपर्नेछ । हरेक नेपालीको घरमा रोजगारी दिन सक्ने लगानी । शिक्षा, होस वा खेलकुद ,कलेज होस वा विद्यालय केहि थोरै गरेर धेरैको भविष्यका लागि लगानी गर्नु पर्नेछ ।  

राज्यको निति र राजनैतिक दलको नियत एनआरएनए समग्र देशका लागि हो भन्ने बनाउनु पर्ने छ । उ प्रति सकारात्मक भाव उत्पन्न गराउन सक्नु पर्दछ । 

सामुहिक लगानी र कृषि मैत्री योजना अबको एनआरएनएको उद्देश्य बनोस् शुभकामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ