वाम गठबन्धनमा भाँडभैलोः केन्द्रमा तालमेलको नाटक जिल्लामा आफूखुशी उम्मेदवार 

प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार , ३,१८३ पटक हेरिएको
तस्वीर –फाइल

गोरखा । मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाउँमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच तालमेल गर्ने तयारी भइरहेका बेला गोरखामा भने एमाले, माओवादी र नयाँ शक्तिले आफ्नो पार्टीबाट छुट्टाछुट्टै उम्मेदवार सिफारिश गरेका छन् । 

एमाले गोरखाले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट यादव बस्नेतको नाम सिफारिश गरेको छ । सोही क्षेत्रमा माओवादीले हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जाराको नाम सिफारिश गरिसकेको छ । 

प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले विकलकुमार श्रेष्ठ, बुद्धि दवाडी र मैती सुनारलाई सिफारिश गरेको छ भने सो क्षेत्रमा माओवादीले नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्काको नाम सिफारिश गरेको छ । 

त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा सदस्यका लागि एमालेले रामशरण बस्नेत र सुरेन्द्र थापाको नाम सिफारिश गरेको छ । माओवादीले लेखबहादुर थापा, माया चेपाङ र जानुका पौडेलको नाम सिफारिश गरेको छ । 

क्षेत्र नं १ को प्रदेशसभा २ मा एमालेले कृष्ण नेपाली र टेकराज भट्टको नाम सिफारिश गरेको छ भने सो क्षेत्रमा माओवादीले ऋषि खनाल, स्थिरप्रसाद खनाल र नीमा लामाको नाम सिफारिश गरेको पार्टीले जनाएको छ । 

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले हरि काफ्ले र प्रकाश न्यौपानेको नाम सिफारिश गरेको छ भने माओवादी केन्द्रले कमला नकर्मी, विवश चिन्तन र बन्दना पाण्डेको नाम सिफारिश गरेको छ । 

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा सदस्यका लागि एमालेले देवराज श्रेष्ठ र विश्वज्योति बानियाँको नाम सिफारिश गरेको छ भने माओवादीले अमर तमु, दीपक देवकोटा र भगवती तिवारीको नाम सिफारिश गरेको छ । 

वाम गठबन्धनमा रहेको अर्को दल नयाँ शक्ति पार्टीले क्षेत्र नं २ को प्रतिनिधिसभामा पार्टी संयोजक डा बाबुराम भट्टराईलाई उठाउने भएको छ । अन्य क्षेत्रमा नयाँ शक्तिले उम्मेदवार सिफारिश गरेको छैन । रासस

सम्बन्धित समाचार

नयाँ