arrow

सरकारसँग वार्ता गर्न डा. केसीको ५१ सदस्यीय टोली

अब जिल्ला–जिल्लाको प्रतिनिधित्व  

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
govinda-kc-kabadi-bed-ma-sutdai.jpeg.jpeg

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीले सरकारसँग वार्ता गर्न ५१ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।

१३औँ पटक आमरण अनसन बसेका डा. केसीसँग वार्ता गर्न भन्दै सरकारले सचिव स्तरीय ३ सदस्यीय वार्ता टोली गठन गरेलगत्तै केसीले आफ्नो तर्फबाट पहिलो चरणमा ५१ सदस्यीय वार्ता टोली गठन गरेका हुन् । 
डा. केसीले आफ्नो मागलाई समर्थन गर्ने सबै नेपालीको साथ लिएर सरकारसँग वार्ता गर्नु पर्ने धारणा राखेका छन् । 

सरकारको नियत आम सर्वसाधारण नागरिकको हितमा नभएको भन्दै देशभरबाट  सबै नेपाली एकजुट भई लुटतन्त्रविरुद्ध जुट्न समेत केसीले अपिल गरेका छन् । 

यो लडाई लामो भएकाले पहिलो चरणमा ५१ सदस्यीय वार्ता टोली बाइएकामा   दोस्रो चरणमा ७७ जिल्लाकै प्रतिनिधित्व हुने गरी यसलाई विस्तार गरिने बताइएको छ । 

दुर्गम र विकट क्षत्रको प्रतिनिधित्व हुने गरी वार्ता टोलीमा संलग्न हुन चाहने जो कुनै नेपालीलाई समेत डा. केसीले सम्पर्कमा आउन आव्हान गरेका छन् । वार्ता टोलीमा यसभन्दा अघि वार्तामा सहभागि हुँदै आएका चिकित्सक र नयाँ युवाहरु सम्मिलित छन् । 

डा. केसीले उठाएको आन्दोलन अब हरेक गाऊ, टोल, जिल्ला जिल्लामा फैलाउने अभियान नै सुरु भएको सोलिडारिटी फर डा. केसी अलायन्सका तर्फ बाटजारी वक्तव्यमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ