- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीले सरकारसँग वार्ता गर्न ५१ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।
१३औँ पटक आमरण अनसन बसेका डा. केसीसँग वार्ता गर्न भन्दै सरकारले सचिव स्तरीय ३ सदस्यीय वार्ता टोली गठन गरेलगत्तै केसीले आफ्नो तर्फबाट पहिलो चरणमा ५१ सदस्यीय वार्ता टोली गठन गरेका हुन् ।
डा. केसीले आफ्नो मागलाई समर्थन गर्ने सबै नेपालीको साथ लिएर सरकारसँग वार्ता गर्नु पर्ने धारणा राखेका छन् ।
सरकारको नियत आम सर्वसाधारण नागरिकको हितमा नभएको भन्दै देशभरबाट सबै नेपाली एकजुट भई लुटतन्त्रविरुद्ध जुट्न समेत केसीले अपिल गरेका छन् ।
यो लडाई लामो भएकाले पहिलो चरणमा ५१ सदस्यीय वार्ता टोली बाइएकामा दोस्रो चरणमा ७७ जिल्लाकै प्रतिनिधित्व हुने गरी यसलाई विस्तार गरिने बताइएको छ ।
दुर्गम र विकट क्षत्रको प्रतिनिधित्व हुने गरी वार्ता टोलीमा संलग्न हुन चाहने जो कुनै नेपालीलाई समेत डा. केसीले सम्पर्कमा आउन आव्हान गरेका छन् । वार्ता टोलीमा यसभन्दा अघि वार्तामा सहभागि हुँदै आएका चिकित्सक र नयाँ युवाहरु सम्मिलित छन् ।
डा. केसीले उठाएको आन्दोलन अब हरेक गाऊ, टोल, जिल्ला जिल्लामा फैलाउने अभियान नै सुरु भएको सोलिडारिटी फर डा. केसी अलायन्सका तर्फ बाटजारी वक्तव्यमा भनिएको छ ।