arrow

शनिबार मध्यराती १२ बजे संसदको आयु सकिँदै 

चुनाव नभए माघ ७ सम्म लम्बिने 

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
samsadhall.jpeg

काठमाडौं । व्यवस्थापिका संसदको म्याद शनिबार मध्यराती १२ बजे सकिने भएको छ । शुक्रबार संसदको अन्तिम बैठक बस्ने छ । संविधानमा माघ ७ गते सम्म अवधि भएपनि त्यसअघि नै प्रतिनिधिसभाको निर्वाचन भए उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म मात्रै संसदको आयु रहने उल्लेख छ । 

संवैधानिक व्यवस्था अनुसार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन आयु सकिने आशय छ । यद्यपि, प्रतिनिधिसभा निर्वाचन ऐनले संविधानको व्यवस्थालाई प्रष्ट्याउँदै बन्द सूचीलाई पनि उम्मेदवारी दिइएको मानिने भनि व्यवस्था गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आइतबार समानुपातिक तर्फको बन्दसूची बुझाइसक्नु पर्ने छ । 

प्रतिनिधिसभा निर्वान ऐनले बन्दसूची बुझाइएकोलाई नै उम्मेदवारी दर्ता भएको मानिने भनेकाले (२८असोज) शनिबार मध्यराती १२ बजे संसदको आयु सकिने काँग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए । 
उनले भने, ‘संसद बैठक शनिबार पनि बस्न मिल्थ्यो । सभामुखले शुक्रबार अन्तिम भन्नु भयो ।’

प्रतिनिधिसभाको ऐन अनुसार समानुपातिकको बन्दसूची बुझाइएपछि संसद स्वतः विघटन हुनेछ ।  उनले अगाडि भने, ‘पहिले थुप्रैले आ–आफ्नै किसिमले कुरा गरिरहेका थिए । तर, हामीले उच्च तहबाट बसेर संविधान र ऐन पढ्यौँ । ऐनले प्रष्ट नै भन्यो । अब कार्तिक ४ गते आयु सकिने भन्नेबाट सबै मुक्त भए । संविधानलाई ऐनले प्रष्ट पारेको छ । 

यस्तै, माओवादी सांसद एवं कानुन अध्येयता रामनारायण विडारीले शुक्रबार बैठक बसेपछि संसद स्थगित हुने बताए । उनले भने, ‘शुक्रबार बैठक बसेर आयु सकिने भन्ने होइन । स्थगित भएको जस्तो ठहरिन्छ । चुनाव हुने पक्का भएर २९ गते समानुपातिकको बन्द सूची पेश भयो भने । संसद विघटन हुन्छ । नभए माघ

७ सम्म चलिरहन्छ ।’ यसमा कसैले विवाद गर्ने कुरा छैन । संविधानले प्रष्टै भनेको छ । दलका नेता र संसद् सचिवालयबीच भएको छलफलले पनि समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु रहने निष्कर्ष निकाल्यो । 

केही सांसदले कात्तिक ४ गतेसम्म संसद् रहने तर्क गरे पनि प्रतिनिधिसभा ऐनले संवैधानिक व्यवस्थालाई प्रष्टै लेखेपछि २८ असोजमै संसदको आयु सकिन लागेको हो । निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ कात्तिक ५ गते मनोनयनको दिन तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ