arrow

माक्सवादका व्याख्याता मनाङ्गे चुनाव लड्ने भएपछि एमालेपङति उत्साहित !

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
dipak-manage.jpeg

मनाङ। नेकपा एमालेका कार्यकर्ताहरु पार्टीले आफ्नो जिल्लाबाट माक्सवार्दका अध्येता तथा द्धन्द्धात्मक भौतिकवादका व्याख्याता दिपक मनाङ्गेलाई उठाउने भएपछि खुसी भएका छन्। आफ्नो जिल्लाको नाम मनाङ्गसँग जोडिएका पात्र दिपक मनाङ्गेको बारेमा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी सुनेका एमालेका स्थानिय कार्यकर्ताहरुले पार्टीले द्धन्दात्मक भौतिकवादमा महारथ हासिल गरेका उनलाई चुनावी मोर्चामा पठाएकोमा खुसी व्यक्त गरेका हुन्। 

मनाङ्गेलाई जहिलेपनि सञ्चार तथा अन्य माध्यममा सुन्ने र देख्ने गरेपनि अब आफ्नै एमालेमा पाउँदा खुसी हुँदै उनीहरुले त्यसबाट एमाले सिङगो पार्टी लाभान्वित हुने बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले दिपक मनाङगेलाई पार्टीमा प्रवेश गराएर मदन भण्डारीले प्रतिपादन गरेको वहुदलीय जनवाद प्रचार प्रसारका लागि गुन लगाएकोमा उनीहरुले आभार प्रकट गरे।

मनाङको भएपनि देशका सबै भेगका र सबै उमेर समुहका व्यक्तिले चिन्ने व्यक्तिलाई जवजको प्रचार प्रसारको जिम्मा लगाउन पाउँदा स्थानिय एमालेका कार्यकर्ताहरुले पनि अध्यक्ष ओली महासचिव ईश्वर पोखरेल सहितका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिएका छन्। 

देशका सयौं यूवाहरुलाई आफ्नो औंलामा नचाउन सक्ने जादुमयी क्षमताका धनी मनाङगे पार्टी प्रवेशसँगै सांसदका लागि एमालेले सिफारिस गरेका कारण अन्य सयौं यूवाहरु पनि एमालेले रोजेको बाटोमा अघी वढ्न प्रेरित भएकोले पनि यो पार्टीको हितमा हुने एक पुराना एमालेका स्थानिय नेता बताउँछन्। 

द्धन्दात्मक भौतिकवादसँगै द्धन्दात्मक अभ्ध्यासमा पनि निपुण मनाङगेलाई आफ्नो आदर्श मान्ने एमालेका यूवाहरु भने मनाङगेलाई पार्टीमा उचित स्थान दिएर सांसद बनाउन लाग्ने ओलीको प्रयासको उच्च कदर गर्दै सदरमुकाम चामेमा पूर्ण कदको सालिक बनाउने गृहकार्यमा लागिसकेका छन्। 

आफ्नो स्वार्थ विपरित जानेहरुलाई काठमाडौंमा गल्लीमा हात छिनाए झै पार्टीको लाइन र नेतृत्वको इच्छा विपरित जानेहरुलाई अब मनाङ सहित देशका गाउँगाउँबाट लखेट्ने र जवाफ दिनुपरे द्धन्दात्मक भौतिवादको जामा लगाएर प्रहार गर्न पनि सजिलो ठानेका एमाले नेता कार्यकर्ताहरु अब उनलाई चुनावमा जिताउन पनि गाह्रो नहुने निष्कर्षमा पुगेका छन्।

पार्टीलाई जिताउने एक मात्र लक्ष्य बोकेका एमालेका नेता कार्यकर्ताहरुले लामो अध्ययन पछि मात्र मनाङ्गेलाई एमाले मार्फत देशको सेवा गर्ने मौका दिएको स्विकार्छन्। हिजो रत्नाकर डाकु त एमालेमा आएर वाल्मिकी बनेका थिए भने अब मनाङ्गे आएर द्धन्दात्मक भौतिकवादको व्याख्या मात्र हैन अर्का प्रख्यात व्याख्याताका रुपमा स्थापित बन्नेमा हामी ढुक्क छौ एमालेका नेता कार्यकर्ताको एक मत छ। (व्यङ्गय)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ