arrow

वल्ड क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र हङकङ मैदानमा, नेपाल बलिङमा 

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
nepal1.jpg

मोङकक । आइसीसी वल्ड क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेलमा नेपालले हङकङसँग खेलिरहेको छ । हङकङको मोङकक मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । 

नेपालका करण केसीले हङकङले रनको खाता खोल्न नपाउँदै विकेट लिएका थिए । 

घरेलु मैदानमा हङकङ दबाबमा खेलिरहेको छ । शुक्रबार र आइतबार हुने दुई खेलले विश्व क्रिकेटमा नेपालको अबको यात्रा तय गर्दैछ । 

प्रतियोगिताको शीर्ष चारमा पर्ने सम्भावना जीवित राख्न नेपालले हङकङलाई दुबै खेलमा पराजित गर्नुपर्नेछ । 

च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैठौं स्थानमा छ । ११ अंकसहित हङकङ पाँचौ स्थानमा रहेको छ । नेदरल्याण्ड्स १८ अंकसहित पहिलो तथा पपुवा न्युगिनी १६ अंकसहित दोस्रो स्थानमा छ ।

स्कटल्याण्ड १५ अंकसहित तेस्रो तथा केन्या चौथो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ