arrow

वल्ड क्रिकेट लिग च्याम्पियनसिपः हङकङद्धारा नेपाललाई १९५ रनको लक्ष्य

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
nepal2.jpg

मोङकक । आइसीसी वल्ड क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेलमा नेपालले हङकङद्धारा १९५ रनको विजयी लक्ष्य पाएको छ । हङकङको मोङकक मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेपछि ब्याटिंगमा उत्रेको हङकङले ५० ओभरमा अलआउट भएर १९४ रन बनायो । ओपनिङ ब्याट्सम्यान जमाइ अट्किन्सनले ७६ रन जोडे । 

नेपालका लागि सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २–२ विकेट लिए भने लिष्ट ए मा डेब्यु गरेका सुशान भारीले १ विकेट लिए । 

सोमपाल कामी, कप्तान पारस खड्का र आरिफ शेखलाई भने विकेटको सफलता मिलेन ।

शुक्रबार र आइतबार हुने दुई खेलले विश्व क्रिकेटमा नेपालको अबको यात्रा तय गर्दैछ । 

प्रतियोगिताको शीर्ष चारमा पर्ने सम्भावना जीवित राख्न नेपालले हङकङलाई दुबै खेलमा पराजित गर्नुपर्नेछ । 

च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैठौं स्थानमा छ । ११ अंकसहित हङकङ पाँचौ स्थानमा रहेको छ । नेदरल्याण्ड्स १८ अंकसहित पहिलो तथा पपुवा न्युगिनी १६ अंकसहित दोस्रो स्थानमा छ ।

स्कटल्याण्ड १५ अंकसहित तेस्रो तथा केन्या चौथो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ