arrow

पाँचथरको तुम्बेवा गाँउपालिका पिछडिएको क्षेत्रमा सूचीकृत

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असोज २७ शुक्रबार
tumbabe_gaupalika_map1.png

पाँचथर । सरकारले हालै मात्र प्रदेशगत रुपमा तोकेको पिछडिएको क्षेत्र अन्तर्गत पाँचथरको तुम्बेवा गाउँपालिका परेको छ । सरकारले देशभरका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । जस अनुसार प्रदेश १ मा पाँचथरको तुम्बेवा र संखुवासभाको भोटेखोला गाँउपालिका पिछडिएको क्षेत्रमा परेको तुम्वेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले जानकारी दिए ।

उनका अनुसार खानेपानी, सडक र विद्युतको पहुँचभन्दा बाहिर रहेको तुम्बेवा पिछडिएको क्षेत्रमा परेको हो । पाँचथरका साविक आङ्ना, मौवा, हाङ्गुम र ओलने गाविसलाई समेटेर तुम्बेवा गाउँपालिका बनाइएको छ । ५ वडा रहेको तुम्बेवा जिल्लाको सबैभन्दा कम जनसंख्या र मतदाता भएको स्थानीय तह पनि हो ।

प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार हरेक प्रदेशको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा पिछडिएको क्षेत्रलाई जनसंख्याका आधारमा समेट्नुपर्छ । साथै दलहरुले पाएको सिटमा महिला, समावेशी समूहसँगै अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्छ ।

आयोगले सिट घोषणा गर्दा नै यसको संख्या तोकिनेछ । हरेक प्रदेशमा अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको जनसंख्याको प्रतिशत फरक–फरक छ । प्रदेश १ र २ मा अल्पसंख्यकको जनसंख्या धेरै छ भने पिछडिएको क्षेत्र थोरै छ । तर, प्रदेश ६ र ७ मा पिछडिएको क्षेत्र धेरै छ भने अल्पसंख्यक कम छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ