arrow

मध्य भियतनाम जलमग्न, ५४ जनाको मृत्यु

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
floodbushit.jpg.jpeg

हनोई । भियतनामका उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भारी वर्षा र भीषण बाढी पहिरोले गर्दा जनजीवन अस्तव्यस्त बनाएको छ । 

उक्त बर्षा र बाढीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

भीषण बर्षापछिको बाढी पहिरो कैयौँ बर्षयता आएका बाढी पहिरो भन्दा भयानक भएको बताइएको छ । बर्षा जारी रहेकोले उद्वारको कार्य निकै कठिन भएको पनि समाचारमा जनाइएको छ । 

उत्तरी र मध्य क्षेत्रका कैयौँ प्रान्तमा परेको भारी बर्षाबाट अझै पनि ३९ जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

यसैबीच मौसम विज्ञहरुले अर्को एक भीषण आँधी आफ्नो देशतर्फ आइरहेको चेतावनी दिएका छन् । यसका लागि सतर्क हुनुपर्नेमा उनीहरुको जोड रहेको छ । 

हराइरहेका व्यक्ति जिवीतै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउ ठाउमा पहिरो गएको छ । 

हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताएको छ । 

यस बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होआ बिन प्रान्त रहेको छ । सो प्रान्तमा मात्र २६ जनाको ज्यान जानुको साथै केही व्यक्ति हराइरहेका छन । 

त्यसैगरी मध्ये प्रान्त थान्ह होआ १४ को मृत्यु भएको हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रणका अधिकारीहरुले जानकारी दिएको छ । 

मङ्गलबारदेखि जारी रहेको यस वर्षाको कारण शुक्रबार पनि कैयौँ प्रान्त जलमग्न रहेको बताइएको छ । 

भियतनाममा यसै बर्षको सुरुमा पनि जारी भारी बर्षा र आँधीका कारण करिब १७० व्यक्तिको मृत्यु भएको छ । एएफपी
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ