arrow

तीन दलको बैठक उपलब्धिहिन, महत्वपूर्ण २ विधेयक अलपत्र 

संसदकाे अायु सकिएपनि दलीय झगडा सकिएन

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
Tin_dal.jpg

काठमाडौं । चिकित्सा शिक्षा विधेयक र राष्ट्रियसभा सम्बन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहिन भएको छ । तीन दलबीच कुरा नमिलेपछि संसद अन्तिम बैठकबाट यी दुवै विधेयक पास गर्ने प्रयास विफल भएको छ । 

दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले आ–आफ्नो अडान राखेपछि सहमति हुन नसकेको बताइएको छ ।  डा. गोविन्द केसीले चिकित्सा विधेयक यही संसदबाट पारित गर्न अनुरोध गरेका छन् । 

यस्तै, दलहरूबीच निर्वाचन प्रणालीमा विवाद भएपछि राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक संसद्बाट पारित हुन सकेको छैन । 

विधेयकका प्रावधानमा सहमतिको प्रयासस्वरूप प्रमुख दलका शीर्ष नेताहरुले छलफल गरेका हुन् । विधेयकमा सहमति नभए राष्ट्रिय सभा सदस्य निर्वाचन कानुन अध्यादेशमार्फत जारी हुने विकल्प बाँकी छ ।  विधेयक संसदमा दफावार छलफलको चरणमा छ ।  शनिबार मात्रै संसदको आयु सकिने भएकै कारण संसदमै दफावार छलफल गर्ने गरी विधेयक संसद्मा पेस भएको थियो । 
  
संसद्मा विचाराधीन मूल विधेयकले अहिले संविधानको धारा ८६ को व्यवस्थाअनुसार नै राष्ट्रियसभा सदस्य छनोट गर्ने विधि तय गरेको छ ।  पारित गर्न खोज्दा निर्वाचन प्रणालीमा विवाद भएको छ । सत्ताधारी काँग्रेसले एकल सङ्क्रमणीय मतका आधारमा सदस्य छनोटको अडान राखेको छ । तर, एमाले र माओवादी प्रस्तावको विपक्षमा छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ