arrow

प्रथम गल्कोट महोत्सवको २० हजार मनिसहरुले गरे अवलोकन

करिब १ करोडको कारोवार

logo
कौरव खत्री,
प्रकाशित २०७४ असोज २७ शुक्रबार
galkot.jpg

गुल्मी ।बाग्लुङ्गको गल्कोटमा सञ्चालन भएको प्रथम गल्कोट साँस्कृतिक महोत्सवमा  हजारौले महोत्सवको अवलोकन गरेका छन् । यहि आश्विन १८ देखि सञ्चालन भएको सास्कृतिक महोत्सवको ९ औ दिनसम्म  झण्डै १८ हजार मानिसहरुले महोत्सवको अवलोकन गरेको प्रथम गल्कोट साँस्कृतिक महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हर्क पाण्डेले जानकारी दिए ।

साथै महोत्सवमा सञ्चालित भएका होटल व्यवसायी, झुला पिङ,फलफूल, ६८ स्टलहरुका फेन्सी,कपडा पसल,मुबाइल,व्यापारीहरु लगायतमा गरि महोत्सवको ९ औ दिनसम्म झण्डै १ करोड कारोबार भएको अनुमान गरिएको महोत्सव व्यवस्थापन समतिका अध्यक्ष पाण्डेले जानकारी दिए ।
साथै समग्र गल्कोट क्षेत्रको पर्यटन तथा कला संस्कृतिहरु पचार पसार प्रर्वद्धनका लागि प्रथम गल्कोट सांस्कृतिक केन्द्रित रहेको समेत महोत्सव व्यवस्थापन समतिका अध्यक्ष पाण्डेले जानकारी दिए ।
 
साँस्कृतिक महोत्सवमा प्रथम गल्कोट डान्स आइडल, खुल्ला लोकदोहोरी प्रतियोगिता, महिला रत्यौली गित तथा नृत्य ,खुल्ला भलिवल प्रतियोगिताराष्टिय तथा स्थानीय कलाकारहरु प्रस्तुती,हास्य व्याग्ङ्गय र बाल मनोरञ्जन, गल्कोटका साँस्कृतिक झाँकीहरु, सर्वाधिक सस्तो बजार लगायत महोत्सवका मुख्य आर्कषण रहने हिमालयन म्यूजिकल इमेन्ट म्यानेजमेन्ट प्रालिका सचिव मोहन केसीले जानकारी दिए ।

विशेष गरि महोत्सव पयटन क्षेत्रको प्रर्वद्धन र प्राकृतिक प्रकोपबाट पिडितहरु सहयोगार्थको लागि साँस्कृतिक महोत्सव गर्न लागिएको प्रालिका सचिव केसीले जानकारी दिए । महोत्सवमा सबै दर्शक तथा व्यापारीहरु माग र केहि भलिवल, गल्कोट डान्स आइडीएल प्रतियोगिता कार्यक्रम समय भित्र सक्न केहि प्राविधिक समस्या भएको हुदा महोत्सवलाई २ दिन लम्बाएर ३० गतेसम्म सञ्चालन हुने  हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट प्रालिका सचिव मोहन केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ