arrow

सरकारमा राप्रपा 'इन' माओवादी 'आउट', शनिबार सपथ

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
RPP-N111.jpg

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धनमा जोडिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राप्रपालाई सरकारमा ल्याउने भएका छन् । भोलि राप्रपाका केही मन्त्रीहरुले विना विभागीय मन्त्रीको रुपमा राष्ट्रपति कार्यालयमा शनिबार विहान सपथ ग्रहण गर्दैछन् । 

विहान राप्रपाका मन्त्रीहरुलाई सपथ ग्रहण गराएसँगै शनिबार साँझ नै नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । बाम गठबन्धनका तर्फबाट माओवादी र एमालेले मन्त्रीहरु नहटाउनको लागि पटकपटक चेतावनी दिईरहेको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले विना विभागीय मन्त्रीको रुपमा राप्रपालाई सरकारमा ल्याएर पेलेरै जाने रणनीति बनाएका हुन् । 

जस अन्तर्गत् शनिबार राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको सपथ खाँदैछन् । त्यस्तै, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापाले मन्त्रीको रुपमा सपथ खाँदैछन् भने कुन्ती साही,भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईले राज्यमन्त्रीको रुपमा सपथ खाने तयारी भईरहेको राप्रपा स्रोतले जानकारी दिएको छ । 

यसरी गठबन्धनमा जोडिएका दलहरुको चेतावनी अटेरगरी प्रधानमन्त्रीले चालेको कदमले राजनीतिक ध्रुवीकरणभने अझ बलियो हुने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ