arrow

इरानसँगको आणविक सम्झौतालाई नतोड्न अमेरिकालाई आग्रह

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
s-400-missiles-russia.jpg

मस्को,रसिया ।  रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका, इरान र विश्व शक्ति राष्ट्रबीच सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई नछोड्न शुक्रबार चेतावनी दिएको छ ।

वासिङ्टन इरानसँगको आणविक हतियार सम्झौताबाट पछि हट्नु भनेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा हतियार नियन्त्रण प्रयासमा एक विशाल धक्का हुने रसियाले जनाएको छ ।

यसले इरानसँगको आणविक सम्झौतालाई गम्भीर रूपमा प्रभावित पार्नेछ, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

यस्तो कार्यले स्प्रष्ट रूपमा पूर्वानुमान गर्नसक्ने वातावरण, सुरक्षा स्थापना, शान्ति तथा स्थिरता र विश्वभर हतियार नियन्त्रण गर्ने प्रयासलाई विफल पार्नेछ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ