arrow

जाँदाजाँदै 'भाग्य चम्काउन खोज्ने' यी नेताहरुको भाग्य राष्ट्रपतिको हातमा !

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं । शनिबार विहान सपथ ग्रहण गराउनको लागि आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट पठाईएको पत्रमाथि परामर्श गरेर मात्रै कदम चाल्ने राष्ट्रपति विद्यादेवी भण्डारीको मनसायपछि सांसद्को जागिर सकिएर जाँदाजाँदै मन्त्री बनेर भाग्य चम्काउन खोजेका केही सांसद्हरुको भाग्य परीक्षा भने उत्कर्षमा पुगेको छ । राप्रपाले सरकारमा पठाउन लागेका केही नामहरु यस्ता कि जो पहिलो पटक मन्त्रिपरिषद्को सदस्य बन्दै थिए । त्यस्ता सांसद्हरु अब सांसद् बन्ने सम्भावना पनि कम रहेकोले उनीहरुलाई जाँदा जाँदै मन्त्रीको उपहार दिने योजना कमल थापाको थियो । 

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीहरुको सपथ गरिसकेपछि सिंहदरबारमा आफूले पनि राज्यमन्त्रीहरुलाई सपथ गराउने तयारी गरेका थिए । शनिबार संसद्को आयु सकिँदैछ । संसद्को आयू सकिएपछि सांसद्हरुको पनि कार्यकाल सकिने र उनीहरुलाई मन्त्री बनाउन नमिल्ने भएकोले देउवा शनिबार विहान नै उनीहरुलाई मन्त्री बनाउन चाहन्थे । जस अन्तर्गत् शनिबार अध्यक्ष कमल थापाले आफू उपप्रधानमन्त्रीको सपथ खाने तयारी गरिरहेका थिए । त्यस्तै, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीको सपथग्रहण गराउने तयारीमा थिए । त्यस्तै, कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्रीको रुपमा सपथ खुवाउने तयारी थियो । 

राप्रपाका अहिले प्रस्ताव गरिएका ४ राज्यमन्त्रीहरुमध्ये ३ जना पहिलो पटक राज्यमन्त्री बनिरहको व्यक्तिहरु हुन् । उनीहरु मध्ये कुन्ती शाह भने यस अघि प्रचण्ड सरकारमा केही दिन स्थानीय विकास राज्यमन्त्री बनेकी थिईन् । त्यस्तै जयन्त चन्द २०५९ देखि साल रा.प्र.पा. केन्द्रीय सदस्य बन्दै २०६०–२०७० सम्म रा.प्र.पा. विदेश विभाग संयोजक बनेर काम गरेका व्यक्ति हुन् ।

यसरी अन्तिम समयमा केही समयको लागि भएपनि मन्त्रीको रुपमा नाम लेखाउने राप्रपाका नेताहरुको सपना पूरा हुने नहुने भन्ने कुरा राष्ट्रपतिले लिने निर्णयमा भर पर्ने कुरा देखिन्छ । राष्ट्रपतिले शनिबार विहानसम्म यस बारेमा निर्णय दिनसक्ने राष्ट्रपतिका निकटस्थहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ