arrow

झण्डै ५ महिनामा संसद्ले पारित गर्यो ४४ विधेयक, यी महत्वपूर्ण विधेयक पारित हुन सकेनन्

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
nepal_parliament.jpg.jpeg

काठमाडौं । व्यवस्थापिका संसद्को आयू शनिबार साँझदेखि सकिँदैछ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको बन्दसूची पेश गर्ने दिनको रुपमा शनिबारदेखि संसद्को बैठक सकिन लागेको हो । 

शनिबार सकिन लागेको संसद्ले धेरै विधेयक पारित गरेपनि केही महत्वपूर्ण विधेयक पारित नगरी संसद् विघटन हुँदैछ । संसद् सचिवालयका अनुसार शुक्रबार बसेको बैठकसम्मलाई आधार मान्दा संसद्को तेस्रो अधिवेशनमा कूल ४४ वटा विधेयकहरु पारित गरिएको छ । 

गत जेठ ८ गतेदेखि सुरु भएको संसद्को तेस्रो अधिवेशनले पछिल्लो झण्डै ५ महिनाको अवधिमा यो संख्यामा विधेयक पारित गरिएको हो । अब २० वटा विधेयक भने पारित नहुने भएको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । यी २० मध्ये पनि धेरै विधेयक पारित हुनैपर्ने अवस्थाको नरहेको भएपनि केही विधेयक भने पारित हुनुपर्ने भएपनि पारित हुन नसकेको गौतमले जानकारी दिए ।

जस्तो कि स्थानीय स्वायत्त शासन ऐनको पहिलो संशोधन पारित गर्नुपर्ने अवस्थामा देखिन्छ । तर, स्थानीय तहसम्बन्धी ऐन आईसकेकोले अहिले त्यो विधेयक आवश्यक देखिन्छ । तर, राष्ट्रिय सभा सम्बन्धी विधेयक, चिकिस्ता शिक्षा सम्बन्धी विधेयक तथा पूर्व पदाधिकारीहरुको सुविधासम्बन्धी विधेयक लगायतका केही विधेयकहरु पारित गर्नैपर्ने भए पनि विविध कारणले यी विधेयकहरु पारित हुन सकेन । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ