arrow

साँझ ७ बजे नवनियुक्त मन्त्रीहरुले सपथ लिने

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण शनिबार साँझ हुने भएको छ । निर्वाचन आयोगसँगको परामर्श पछि राष्ट्रपति कार्यालयले सपथको समय साँझ ७ बजेका लागि तय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री र अन्य ३ जना नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।  राप्रपाका केही मन्त्रीहरुले विना विभागीय मन्त्रीको रुपमा राष्ट्रपति कार्यालयमा शनिबार  सपथ ग्रहण गर्दैछन् ।

नयाँ मन्त्री नियुक्तिले आचारसंहिता उल्लंघन हुने भन्दै आलोचना भएपछि  राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगसंग परामर्श गरेकी थिइन् । आयोगले मन्त्री परिषद विस्तारबाट आसन्न निर्वाचनलाई कुनै असर नगर्ने तथा यसअघि पनि मन्त्री परिषद विस्तार भएकोले सपथ ग्रहणको विषय राष्ट्रपतिको भएको परामर्श दिएको थियो । आयोगको परामर्श लगत्तै राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय निर्धारण गरेको हो ।

सपथ ग्रहण गर्नेमा  राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको सपथ खाँदैछन् । त्यस्तै, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापाले मन्त्रीको रुपमा सपथ खाँदैछन् भने कुन्ती साही,भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईले राज्यमन्त्रीको रुपमा सपथ खाने तयारी भईरहेको राप्रपा स्रोतले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ