arrow

राहुल गान्धी भारतीय कँग्रेसको प्रमुख बन्ने

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
rahul_gandhi.jpg

नयाँदिल्ली ।  भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताएकी छन् । 

“राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,” सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भनिन्न । 
उनले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार भएको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुलाई यस्तो जानकारी दिएकी हुन् । 

सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गरिन भने भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ । 
राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्ने बताइएको छ । यद्यपी राहुल गान्धी अहिले पनि भारतीय कंग्रेस पार्टीको उपाध्यक्ष हुन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ