arrow

किर्गिस्तानमा आइतबार राष्ट्रपति निर्वाचन हुँदै

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
election-_eco.jpg

बिसकेक । किर्गिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । सोही कारण हाल यहाँ मौन अवधि चलिरहेको छ । 

मौनअवधिको बेला निर्वाचन आचारसंहिता उलंघन नगर्न केन्द्रिय निर्वाचन आयोगले शनिबार उम्मेदवारहरुलाई सतर्क गराएको छ । 

निर्वाचनको आचारसंहिता उलंघन नगर्न उम्मेदवारहरुलाई ध्यानाकर्षण गराएको आयोगले प्रचारप्रसार गर्न पुरै निषेध गरेको छ । 

मौन अवधिमा संचार माध्यमहरुले पनि कुनै पक्ष विपक्षमा समाचार संप्रेषण गर्न नपाईने आयोगले जनाएको छ । आयोगले इन्टरनेट मिडियालाई समेत पनि आचारसंहिताको दायरामा राखेको छ । 

मौन अवधिमा आचारसंहिता उलंघन गरेकाहरुलाई कानून उलंघन गरेसरह कारबाही गर्ने आयोगले चेतावनी दिएको छ । 

राष्ट्रपतीय निर्वाचनका लागि निर्वाचन आयोगमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । ती मध्ये दुई जनाले उम्मेदवारी स्थगित भएकाले अव चुनावी मैदानमा ११ जना उम्मेदबार रहेका छन् । निर्वाचन आयोगले २ हजार ३७५ ठाँउमा मतदान केन्द्रहरु बनाएको छ । ती मध्ये ३७ ओटा समुद्रमाथी रहेका छन् । 

निर्वाचनको पर्यवेक्षणका लागि विभिन्न ५८ ओटा देशका झण्डै आठ सय अन्तर्राष्ट्रिय संघ संस्थाका पर्यवेक्षकहरु खटिने भएको छ । 

किर्गिस्तानको संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ६ बर्षको हुनेछ । वर्तमान राष्ट्रपति अल्माज्बेक अताम्बायेभको कार्यकाल यही आउदो डिसेम्बर १ मा सकिनेछ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ