arrow

राप्रपाले माओवादीको भागको मन्त्रालय खोस्ने, माओवादी विना विभागियमा खुम्चने

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
kamal-thapa-news.jpeg

काठमाडौं। अहिलसम्मकै ठूलो ५ दर्जनभन्दा वढीको मन्त्री बनाएको आरोप लागेका प्रधानमन्त्री शेर बहादुर देउवाले राप्रपाका विनाविभागिय मन्त्रीहरुलाई सरकारमा प्रवेश गराउँदै गर्दा सरकारमै रहेका माओवादी मन्त्रीहरु विनाविभागिय हुने खतरा वढेको छ। 

सरकारमा रहँदा रहँदै सत्तारुढ गठवन्धनकै एक शक्ति माओवादी विपक्षीसँग तालमेल गर्न गएपनि सरकारमा भने कायमै रहन लालसा देखाइरहँदा काँग्रेसमा भने यो विषयमा चर्को बहश चलिरहेको थियो। माओवादीले गठवन्धन संस्कृतीलाई लत्याएर दुई ढुङगामा खुट्टा राखेको भन्दै काँग्रेसका नेताहरुले माओवादीलाई सरकारबाट वाहिर राख्नुपर्ने नेतृत्वसँग माग गर्दै आएका थिए।

सरकारमा रहँदा रहँदै विपक्षमा रहेको एमालेसँग गठवन्धन गर्न गएको माओवादीलाई सरकारबाट हटाउनुपर्ने सँगसँगै लोकतान्त्रिक गठवन्धन बनाउनुपर्ने माग पनि काँग्रेसभित्र तीव्र बनेको थियो । यहि गठवन्धन निर्माणकै क्रममा काँग्रेसले राप्रपासँग हात मिलाउन लागेको छ। यहि क्रममा यसलाई सरकारमा ल्याउन काँग्रेसले चुनौती मोलेको छ। इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल बनाएको संगिन आरोप पनि देउवाले खेप्नुपरेको छ। 

ठूलो मन्त्रीमण्डल बनाइरहँदा देउवाले आफ्ना मन्त्रीहरुलाई दिने मन्त्रालय नभएपछि उनीहरु सबैले विनाविभागिय मन्त्रालयमा चित्र बुझाउनु परेको छ। चुनाव गराउने अवधीसम्म हुने सरकार संसदको आयु सकिने दिनमा विस्तार हुँदै छ। सबैकुरा यथावत रहँदा शनिवार साँझ ७ वजेसम्म हुने भनिएको सपथमा विनाविभागियकै हैसियतमा मन्त्री बन्न लागेका राप्रपाका नेताहरु कहिलेसम्म यहि हैसियतमा रहलान त ?

काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट एक नेताका अनुसार राप्रपाका मन्त्रीहरु विनाविभागिय भएर सरकारमा प्रवेश गरेपनि सरकारमा प्रवेश लगत्तै प्रधानमन्त्रीले दिने जिम्मेवारी पछि उनीहरुले मन्त्रालयको जिम्मेवारी नै पाउनेछन्। यसको लागि प्रधानमन्त्रीले सरकारमा रहेका मन्त्रीहरुको कार्यभार फेरवदलको सूचना मात्र दिए पुग्छ। 

राप्रपाका मन्त्रीहरुले कार्यभार चाहि कुन कुन मन्त्रालय पाउँछन त ? देउवा निकट स्रोत भन्छ, ' सरकार र विपक्ष दुवैतिर टाँसिएर बस्ने माओवादीका मन्त्रीहरु राप्रपा सरकारमा इन हुँदासम्म पनि सरकारबाट स्वेच्छिक रुपमा वाहिर नगए उनीहरको पाएको मन्त्रालयको जिम्मेवारीलाई हेरफेर गरेर त्यस ठाउँमा राप्रपा सहितका अन्य दलका व्यक्तिहरु मन्त्री बन्न सक्छन। '  

सरकारबाट हट्न पनि नहट्ने हटाउन खोजे जवर्जस्ती हटाउन खोजेको दुनियाँलाई देखाएर उपद्रो मच्चाउन खोज्ने माओवादी चाहना देखिन्छ। यसबारेमा सबै जानकारी पाएका प्रधानमन्त्री देउवाले माओवादीलाई आफैले पनि नहटाउने र सरकारमा टाँसिएर पनि बस्न नदिने नीति अख्तियार गरेका छन्। प्गैरधानमन्त्रीको यहि चाल अन्तर्गत अब माओवादी सरकारमा विना जिम्मेवारी र विनाविभागिए भएर बस्छ की सरकार छोड्छ त्यो भने हेर्न वाँकी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ