arrow

महामन्त्री डां शंशाक २ दिन वैठकमा नजाँदा थपिए ५ नाम

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
Sashanka-koirala.jpg.jpeg

काठमाडौं। संसदीय वोर्ड गठन गर्दा सभापति र वरिष्ठ नेताले मिलेर आफूलाई वाहिर राखेको महसुस गरेका महामन्त्री डा शंशाक कोइरालाले वोर्ड गठन पछि दुई दिन वोर्डको वैठकमा अनुपस्थित जनाइदिदा शनिवार ५  सदस्य थपिएका छन्। 

महामन्त्री कोइरालाले नियोजित रुपमा आफूलाई जानकारी नदिइ गुट व्यवस्थापनका नाममा भागवण्डा गर्न थालिएपछि मौन रुपमै प्रतिक्रिया जनाएका थिए। उनले वैठकमा समेत उपस्थिति जनाउन छोडेपछि काँग्रेसभित्र खैलावैला मच्चिएको थियो। 

पछिल्लो समयमा कोइराला परिवारका तीन हस्तिहरु मामन्त्री कोइराला, डा शेखर कोइराला र सुजाता कोइराला एक ठाउँमा उभिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समुहमै पनि तरंग पैदा भएको थियो। 

सरकारमा मन्त्री पनि नवनि पार्टीका काममा देश दौडाहामा रहेका शेखरको राजनीतिक यात्रालाई नजिकबाट नियाल्नेहरु उनलाई आफ्नो प्रतिष्पर्धीका रुपमा समेत काँग्रेसमा हेर्छन। संसदीय वोर्ड पहिलोपटक विस्तार हुँदा शेखर नपरेपछि काँग्रेसमा जवर्जस्त प्रतिक्रिया उत्पन्न भएको थियो। एकातिर शेखर नपर्नु अर्कातिर अघिल्लोपटक परेकी सुजातालाई यो पटक वाहिर पार्नु तथा आफूसँग सामान्य सल्लाह समेत नगरेपछि रुष्ट रहेका महामन्त्री त्यसयता मौन प्रतिक्रिया दिइरहेका थिए।

दुई दिनसम्म वैठकमा सहभागि समेत नभएपछि सभापति देउवा उनलाई मनाउन वाध्य भए। शुक्रावारको भेटमा महामन्त्रीका एक सहयोगी भन्दै थिए, ' महामन्त्रीले भनेको केहि नहुने हो भने उहाँहरु नै पार्टी चलाउनुहुन्छ। '

सम्भवत महामन्त्रीका सहयोगी मार्फत वाहिर आएको यो सन्देश सभापतिकहाँ पुगेपछि उनले थप परामर्श पछि संसदीय वोर्डमा थप ५ जनाको नाम प्रस्ताव गरे। ति पाँच नामलाई भने महामन्त्री कोइरालाले पनि स्विकारेपछि शनिवारबाटै महामन्त्री पनि वैठकमा सहभागि भएका छन्। शनिवार सार्वजनिक भएका पाँच नामलाई समावेशीताको जामा पनि पहिर्‍याइएको छ। एक मुस्लिम एक दलित सदस्य सहित पाँच नाम थपिएको हो। थपिएका पाँच नाममा डा मिनेन्द्र रिजाल, डा शेखर कोइराला, फर्मुल्लाह मन्सुर, मान वहादुर विश्वकर्मा र एनपी सावद रहेका छन्। यि पाँच थपिएपछि पनि महामन्त्री भने शनिवार पनि अन्तिम समयमा मात्र वैठकमा सहभागि भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ