arrow

देउवालाई ओलीका प्रश्नै–प्रश्न : के देशभर मन्त्रीहरुको जुलुश गर्नुहुन्छ ? किन थप्नु भो ? 

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
OLi_new.jpg

काठमाडौं । एमाले संसदीय दलका नेता एपं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारलाई प्रश्नै प्रश्न गरेका छन् । 

रुपान्तरित व्यवस्थापिका संसदको विदाइ बैठकलाई सम्बोधन गर्दै नेता ओलीले प्रधानमन्त्री देउवाले आचारसंहिता मिचेर मन्त्रिपरिषद विस्तार गरेर कानुन मिचेको टिप्पणी गरे । 

संसदको कार्यकाल सफल रहेको र संविधानसभा रहँदा सांसदहरुले खेलेको भूमिकाको प्रसंशापछि ओलीले आफ्नो बोली सकारको कामकारबाहीमा केन्द्रीत गरे । 

उनले भने, ‘सुन्दै छु ७० भन्दा ६ कम मन्त्री बनाउँदै हुनुहुन्छ । गाउँघरमा पहिले पहिले हिसाब परिन्थ्यो तीन वीसी ४ । निर्वाचन गराउन त ५–७ जना मन्त्री भए पुगिहाल्ने । दिनलाई मन्त्रालय र विभाग छैन । विना विभागीय काम नभएका मन्त्री थपियो रे ।

म पछि प्रधानन्त्री बोल्दै हुहुनुन्छ, उहाँबाट सुन्न चाहन्छु, थप मन्त्री किन चाहियो ? कुस्ती खेल्न त होइन ? ओलीले प्रश्न तेस्र्याउन सुरु गरे । उनले बारम्बार सोधीरहे । निर्वाचन आचारसंहिता किन उल्लंघन गर्नु भएको ? 

युरोपियन मुलुकहरुले धेरै मन्त्रीभयो भने लाज भो लाज भो भन्छन्, ओलीले भने, ‘प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा जाँदा नै संविधानसभा नै ६ सय १ सदस्यीय हो । त्यसको १० प्रतिशत गर्दा पनि ६० त पुग्छ नै । संविधानले १० प्रतिशतसम्म हुन्छ भनेको छ भनेर भनिदिनु भयो ।’ कहाँबाट संविधान ल्याउनु भयो ? उहाँले । कुन संविधान पढेर सुनाउनु भयो ? कि काँग्रेसभित्र सभापतिलाई प्रतिशतको हिसाब बुझाउने मान्छेहरु छैन ? कानुन पालना गराउनु पर्ने सरकारले आफै कानुन मिच्नु भनेको त लाज होइन । 

प्रधानमन्त्रीले भन्नु होला, ओलीले अगाडि थपे, ‘काँग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतन्त्र भनेको कानुन मिच्नु पर्छ भन्ने हो ?’ आफैले आचारसंहिताको पालना गर्ने भनि हस्ताक्षर गरेर बाहिर निस्किनु भो, ओलीले भने, ‘कुदेर गएर ८ जना मन्त्री थपेर देखाइदिनु भयो । उतिबेलै कानुनको उल्लंघन गर्नु भो ।’ मन्त्रीहरु किन चाहियो । के चुनावमा देशभर मन्त्रीहरुको जुलुश गर्नु हुन्छ ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ