arrow

वल्ड क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र हङकङबीचको खेलमा आँधी भिलेन

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
nepal-cricket.jpg

हङकङ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको दोश्रो खेल आँधीका कारण स्थगित भएको छ । 

आइतबार बिहान हुनुपर्ने खेल समुन्द्री आँधीका कारण सोमबारका लागि सरेको हो । 

शनिबारदेखि नै टाइफुन थ्री आइसकेको जनाउ दिइएको थियो ।

टाइफुन एट आउने भएसंगै हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलले खेल सोमबारलाई सार्नु परेको जनाएको छ । 

नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीका अनुसार म्याच रेफ्रीले नेपाली टोलीलाई होटलबाट बाहिर ननिस्कन भनेका छन् । 

हङकङमै गत शुक्रबार भएको महत्वपुर्ण खेलमा नेपाल ८३ रनले पराजित भएको थियो । यो हारले नेपाली टोलीमा समुन्द्री आँधी आइसकेको छ । 

विश्वकप छनौट क्रिकेटको सम्भावनालाई जिवितै राख्न नेपालले हङकङलाई हराउनै पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ