arrow

केपी सिटौलाको उम्मेदवारी किन ? ‘स्वच्छ, साझा र सवल एनआरएन अभियानका लागि’

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
kp-sitaula.jpg

काठमाडौं । लामो समयदेखि नेपाली कलालाई विदेशमा पस्केर देशकै पौरखी हातहरुको सम्मान गर्दै आएका केपी सिटौलाले राजधानीमा जारी गैरआवासीय नेपाली संघ एनआरएनको आठौँ विश्व सम्मेलन एवं महाधिवेशनमा उम्मेदवारी दिएका छन् । 

दक्षिण कोरियामा रहेर व्यवसाय गर्दै आएका सिटौलाले एसिया प्रशान्त क्षेत्रको उप–संयोजकमा उम्मेदवारी दिएका हुन् । 

उनले स्वच्छ, साझा र सवल एनआरएन अभियानका लागि उम्मेदवारी दिएको बताएका छन् । 

शनिबारदेखि सुरु भएको सम्मेलनमा आगामी दुई वर्षका लागि सोमबार निर्वाचन हुँदैछ ।

एनआरएनए अभियानमै लागेको लामो समय भएकाले पनि उनले उक्त पदमा रहन उपयुक्त रहेको बताएका छन् । उनी एनआरएनए एनसीसी कोरियाका संस्थापक अध्यक्ष (२००६–२००७) हुन् । 

उनी एनआरएनए एनसीसी कोरियाका अध्यक्ष (२०११–२०१३) हुन् । त्यसैगरी उनी एनआरएनए आइसीसी सदस्य (२०१३–२०१५ र २०१५–२०१७) हुन् । 

उनी सन् २००२ देखि निरन्तर रुपमा नेपाल पर्यटन बोर्ड कोरियाको मानार्थ दूत पनि हुन् । 

आफूलाई अब्बल सावित गर्ने क्रममा सिटौला कोरियाद्धारा सम्मानित पहिलो नेपाली मानार्थ नागरिक पनि हुन् । 

उनमा पाएको जिम्मेवारी वहन गर्न सक्ने उच्चस्तरीय क्षमता छ । 

कलाका पारखी एवं प्रवद्र्धक
सामान्यतयाः विदेशबाट आएपछि धेरैलाई कतिबेला आफ्नो घर पुगौं भन्ने हतार हुन सक्ला । तर केपी सिटौला धैर्य गर्छन् । 

तर सिटौला त देशकै कला पस्किने एक एनआरएन बनेका छन् । त्यसैले घर पुग्ने हतारोलाई पन्छाउँछन् । 

उनी घरभन्दा पनि पहिले कलात्मक खोजीमै लाग्छन् । उनी प्रायः त्यसै गर्छन् । काष्ठकलाका अर्डर गर्छन् र फर्किदा संगसंगै लिएर जान्छन् ।  

दक्षिण कोरियाको राजधानी सोलको ख्वाङह्वामुनस्थित ‘ओम रेस्टुरेन्ट’ मा उनी नेपाली कलात्मक झ्यालढोकासहित देखिन्छन् । 

उनी कोरियामा पनि नेपाली पहिचानलाई सजाइरहेका छन् । नेपाली पौरखको परिचय दिइरहेका छन् । 

उनमा नेपाली कला, संस्कृति र प्रकृतिको जिउँदो स्वरूप कोरियालीलाई देखाउने चाह बढेको छ । त्यसैले हरेक नेपाल भ्रमणमा केही न केही लैजान्छन् । 

उनको स्पष्ट भनाइ छ –जब नेपाली काष्ठकलाकारहरु उत्कृष्ट छन् भने तिनीहरुको मेहनतलाई मैले किन विश्वसामु नपुर्याउने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ