arrow

इङ्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनल पराजित

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
epl.jpg

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति अप्रत्याशित परिणाम आएको छ । डिफेन्डिङ च्याम्पियन चेल्सी र आर्सनल पराजित भएका छन् ।

चेल्सीलाई क्रिष्टल प्यालेसले २–१ ले हरायो भने आर्सनललाई वाट्फोर्डले समान २–१ कै गोलअन्तरमा हराएको हो ।

लिगको पुछारको क्रिष्टलले पहिलो जित दर्ता गर्ने क्रममा चेल्सीलाई हराएको हो । 

म्यान्चेस्टर युनाईटेड र लिभरपुलबीचको खेल गोलरहित बराबरीमा रोकियो ।

लिगको दावेदार टोली म्यान्चेस्टर सिटीले भने शानदार जित हात पारेको छ । म्यानचेस्टर सिटील्े स्टोक सिटीलाई ७–२ ले हरायो । 

गाब्रियल जिससले २ गोल गरे । 

टोटनह्याम हट्सपरले बर्नमाउथलाई १–० ले, स्वान्सी सिटीले हडर्सफिल्ड टाउनलाई २–० ले हरायो । 


बर्नले र वेष्ट ह्याम युनाईटेडले १–१ गोलको बराबरी खेलेका छन् ।

लिगको अंक तालिकामा ८ खेलबाट २२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

२० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको १७ अंक छ ।

१३–१३ अंक जोडेका चेल्सी र आर्सनल भने क्रमशः पाँचौ र छैटौं स्थानमा झरेका छन् ।

लेस्टर, बर्नमाउथ र क्रिस्टल रेलिगेशन क्षेत्रमा छन् । 

The first chance of the second half fell to Emre Can but the German midfielder could not find the target with his shot

 

Jurgen Klopp, Jordan Henderson and Simon Mignolet leave the pitch, disappointed they couldn't secure all three pointsNemanja Matic put in a thundering tackle on Philippe Coutinho as the tone was set in the early stages of the contest

Antonio Valencia, the Manchester United captain, plays the ball down the line under pressure from Liverpool's Coutinho

 

Georginio Wijnaldum curls a shot towards goal but the effort from the Dutchman was easily saved by De GeaCoutinho saw plenty of the ball during the opening 20 minutes - here he is challenged by Ander Herrera



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ