arrow

निर्वाचन केन्द्रित भई कार्य सम्पादन गर्न नवनियुक्त मन्त्रीलाई  निर्देशन

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
raprapa--new.jpeg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले नवनियुक्त मन्त्रीलाई निर्वाचन केन्द्रित भई कार्य गर्न निर्देशन दिएको छ । 

धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई प्राथमिकतामा राखेर कार्य गर्न पार्टीले निर्देशन दिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । 

बैठकले सहभागी मन्त्रीलाई पार्टी संगठनमा कुनै पनि आँच नआउने गरी निष्ठापूर्वक काम गर्न सुझाव दिएको छ । सातै प्रदेशबाट सन्तुलित ढंगबाट प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वार छनोटका लागि नामावली सिफारिस समिति गठन गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ