arrow

यौन शोषणले हल्लिएको हलिउडले बलिउड तान्यो, ऐश्वर्याको नाम अगाडि

बराक ओबामाको आपत्ति, हिलेरी क्लिन्टनले हर्वेबाट लिएको चन्दा फिर्ता गर्ने

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
aish2.jpg

एजेन्सी । हलिउड निर्माता हार्वे विन्स्टीनका बिरुद्ध एक अमेरिकी म्याग्जिनले कयौ अभिनेत्रिहरुलाई यौन शोषण गरेको दावि गरेको छ । म्याग्जिनमा निर्माता हार्वेले सन् १९९० देखि २०१५ बीच १० अन्य महिलाहरुलाई यौन शोषण गरेको दावी गरिएको छ । तर हार्वेले उक्त आरोपको अस्विकार गर्दै आएका छन् ।

यसैबीच बराक ओबामा र हिलेरी क्लिन्टनले बक्तव्य जारि गर्दै हार्वेको  निंदा गरेका छन् । हिलेरीले आफुलाई हर्वेले दिएको चन्दा फिर्ता गर्ने बताएकी छन् ।

योसँगै यौन शोषणले हल्लिएको हलिउडले बलिउड तानेको छ । जसमा ऐश्वर्या राय बच्चनको नाम जोडीएको छ । उक्त  बिषयमा ऐश्वर्या रायकी  पुर्व म्यानेजर भनिने एक महिलाले विन्स्टीनको कुदृष्टि उनिमाथि रहेको बताएकी छन् ।  

सिमोन शेफील्ड नामकी सो महिलाले विन्स्टीन कुदृष्टि  ऐश्वर्या राय माथि पनि रहेको दावि गरेकी छन् ।  सिमोनले भनिन् , ' म भारतीय अभिनेत्री ऐश्वर्या रायको म्यानेजर थिए । हार्वेले मलाई ऐश्वर्यासँग एकलै  बैठक तय गर्न दबाव दिन्थे । तर हर्वेको करतूतहरुको वारेमा ऐश्वर्या परिचित थिइन् त्यसैले उनले एकलै बैठक बस्न अस्वीकार गरिन् ।'  सिमोन लेख्छिन् 'सो कामका लागि हार्वेले ऐश्वर्यालाई बारम्बार धमकाएका थिए ।'

हार्वेको प्रडक्शन द वीन‍स्टीन कम्पनी (टीडब्ल्युसी) मा बनेका ८१ वटा चलचित्रले ओस्कार जितेका छन् ।   तर  यौन शोषणको मामिलापछि कम्पनि बन्द हुने अवस्थामा पुगेको छ । यदि कम्पनी बन्द हुने अवस्था आए यसको चलचित्र र टेलिभिजन शो बेग्लाबेग्लै बेच्नु पर्नेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ