arrow

चोयाका सामान विक्री हुने आशमा डोम जाति

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
CHOYA-652x440.jpg

बर्दिवास ।  तिहार र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिमा आफ्नो व्यावसाय फष्टाउने आशले खुशी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट त्यस्ता सामान बेच्ने पुख्र्यौली व्यवसाय अगाल्दै आएका डोम बासी खुशी भएका हुन् ।

गरीबीका कारण वर्षभर अभावमै बित्ने डोम समुदायमा स–साना नानीको रहर र मिठो खाने परिवारको चाहना तिहार र छठमा त्यस्ता सामान विक्री गरेर पूरा गरिने भएकाले एकाबिहानै चोयाको छिट्टी बुन्न तल्लीन स्थानीय भङ्गाहा नगरपालिका—५ को सीतापुर बजारसँगैको डोम बस्तीका अगुवा प्रगाश मरिकले भन्नुभयो–, ‘‘ती सबै रहर र चाहना हामीले तिहार र छठ पर्वमा पूरा गर्ने आश्वासन दिएका हुन्छौँ ।’’

चोयाका सामान बुनिरहेका रामगोपालपुरका अच्छेलाल मरिकको छेउमै खेल्दै आइपुगेका उनका सात वर्षीय छोरा प्रताप मरिकले भने– ‘‘बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब् , हमरा बहुते रङ्गके गुड्डी ला दिहा (बुबा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु , मलाई रंगीविरंगी चङ्गा ल्याई दिनुहोला)’’

सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन नहुँदा अवसरबाटपछि पारिएका डोमसहितका जाति समुदायको उत्थानको काम हुन नसकेको बर्दिवास–१ की सामाजिक कार्यकत्र्ता शारदा थापाको टिप्पणी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ