arrow

काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट एक जनाको मृत्यु

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
kasmirattack.jpeg

मुजफ्फरबाद ।  प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्को झडपमा परी एकजनाको ज्यान गएको समाचार छ । 

भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरु पाँच जना घाइते भएका छन् । 

यसरी घाइते हुनेमा चार जना बालबालिका पनि परेका छन् । काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा भारतीय प्रहरीको गोली लागेर एकजना पाकिस्तानी नागरिकको ज्यान गएको र अरु पाँच जना घाइते भएका हुन् । 

सो झडपमा परी अरु पनि केही व्यक्ति घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका व्यक्ति परेका समाचारमा उल्लेख गरिएको छ । 

गएको मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए । 

सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ । सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ