arrow

बाबुआमालाई १० प्रतिशत दिनैपर्ने व्यवस्था गर्ने कुमार खड्काको पार्टी काँग्रेसमा 

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
kumar-Khadka.jpeg

काठमाडौैं । महिला वालबालिका तथा समाजकल्याण मन्त्री हुँदा बुढेशकालमा बाबुआमालाई बेवास्ता गर्ने परिपाटी रोक्न महत्वपूर्ण कानून ल्याएका तत्कालीन मन्त्री कुमार खड्का सिंगो पार्टी सहित नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले पार्टी अध्यक्ष खड्कालाई अविर माला र खादा ओढाएर प्रवेश गराएका हुन् । 

उनले अखण्ड नेपाल पार्टीको तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा आफ्नो कमाईको १० प्रतिशत आफ्नो बाबुआमालाई दिनुपर्ने अनिवार्य व्यवस्था गरेर चर्चामा आएका थिए। त्यो पार्टीमा खड्का एक्ला सांसद् थिए । 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारहरुको बन्दसूची पेश गर्ने दिन नै खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ