arrow

फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित हुने कार्यक्रम एक घण्टा धकेलियो 

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
sher_bijaya.png

काठमाडौं । नेपाली काँग्रेस र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबीचको पार्टी एकीकरण एक घण्टा पछि सरेको छ । दुई पार्टीले संयुक्त रुपमा उम्मेदवारको सूची बुझाउनको लागि तयारी चलिरहेको भन्दै निर्वाचन आयोगसँग एक घण्टाको समय मागेको थियो ।  

सो समयमा बन्दसूची पेश गरेर ती प्रतिनिधिहरु समेत बालुवाटार आउनुपर्ने भएकोले साढे ६ बजे मात्रै पार्टी एकताको कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

समानुपातिक उम्मेदवारको सूची बोकेर आयोगमा पुगेका नेताहरु प्रकाशशरण महत र मिनेन्द्र रिजाल तथा फोरम लोकतान्त्रिकका तर्फबाट गएका रामजनम चौधरी लगायतका नेताहरु अहिले संयुक्त नामावली तयार पारिरहेका छन् । अहिले त्यस विषयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि सहयोग गरिरहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ