arrow

राती अबेरबाट एनआरएनएको उम्मेदवारी दर्ता सुरु, भट्टले गरे, अरुको सोमबार मात्रै

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
nrn-logo.jpg

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट सोमबार बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । 

एनआरएनको अध्यक्षका लागि आइतबार वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् भने। अध्यक्षका दाबेदार रहेका जमुना गुरुङ र टिबी कार्कीले भने आइतबार आफ्नो उम्मेदवारी दर्ता गराएनन्। उनीहरुले सोमबार बिहान उम्मेदवारी दर्ता गर्ने बताइएको छ । 

एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक÷एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक÷एक जना तथा युवा संयोजक र उपसंयोजक एक÷एक जना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ । 

सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गरेको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन २०२० एण्ड वियोण्ड’ पारित गरेको छ । 

प्रस्तावमा नीति निर्माण संस्था र परोपकारी कामका लागि सहयोग कोष स्थापना गर्ने उल्लेख छ । अध्यक्षको अधिकार उपाध्यक्ष, महासचिवलगायतका सचिवालयमा पनि बाँड्ने, गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई पनि एनआरएनएमा समेट्ने कार्यक्रम ल्याउने उल्लेख छ । सम्मेलन मंगलबार समापन हुनेछ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ