arrow

समानुपातिकमा छानिन नेताकहाँ धाउन नछाड्नुस्, अझै सच्चिन सक्छ समानुपातिक सूची 

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
deuba-oli-dahal.jpg

काठमाडौं । समानुपातिक निर्वाचनको बन्द सूचीमा नाम समावेश गराउनको लागि नेताको घरमा धाउने गर्नुभएको थियो ? यदी थियो भने अझै पनि नेताको घरमा धाउन नछाड्नु होस् । फेरि तपाईँको नाम समावेश भईसकेकोमा पनि नाम हट्न सक्छ । 

आईतबार निर्वाचन आयोगले तोकेको समयमा बुझाईएको उम्मेदवारहरुको बन्दसूची प्रारम्भिक बन्दसूची मात्रै हो । दलहरुले अन्तिम समयमा राती अबेरसम्म लगाएर बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीलाई सच्याउने र परिवर्तन गर्नको लागि निर्वाचन आयोगले अझै समय दिनेछ । 

निर्वाचन आयोगले तयार पारेको निर्वाचन कार्यतालिका अनुसार आईतबार दलहरुले बुझाएको बन्दसूची असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म बन्दसूची सच्याउन पर्ने भए सच्याउनको लागि समय दिने कार्यतालिका रहेको छ । यो सात दिनभित्र आयोगले यस विषयमा दलहरुलाई पत्र पठाउने छ । त्यसपछि दलहरुले कात्तिक १२ गतेसम्म समानुपातिक तर्फको बन्दसूची सच्याउन सक्नेछ । 

यो समयसम्म राजनीतिक दलहरुले जसको नाम पनि पठाउन सक्नेछन् । नेपालको वर्तमान राजनीतिक परिप्रेक्षमा नेताहरुको घरमा नधाएसम्म आफ्नो नाम समावेश नहुने भएकोले नेताको घर धाउनेहरु कात्तिक १२ गतेसम्म धाईरहनुपर्ने देखिन्छ । कात्तिक १२ गतेपछि भने समानुपातिक सूचीमा परेकाहरु समानुपातिक तर्फ सांसद् बन्नको लागि सिफारिस भएको मानिन्छ । त्यसको लागि पार्टीले पाएको मतको आधारमा समानुपातिक तर्फ सांसद् बन्नको लागि फेरि अर्काे किस्तामा नेताहरुको घर धाउनुपर्ने बाध्यता त छँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ