arrow

१० बर्षपछि काँग्रेसमै गाभियो लोकतान्त्रिक फोरम 

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७४ असोज ३० सोमबार
congress-forum-unification-prg.jpg

काठमाडौं। नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको छ। गच्छेदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो। 

नेपाली काँग्रेससँग एकता पछि गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमै पूर्ण रुपमा विलय हुने छ। नेपाली काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ। 

लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदार, जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउनेछन्। लोकतान्त्रिक फोरमका सबै तहलाई नेपाली काँग्रेसमा समायोजन गर्ने सहमति भएको छ।  

लोकतान्त्रिक फोरमका नेता योगेन चौधरी सहितका केहि भने अझै एकिकरण प्रक्रियामा असन्तुष्ट रहेको बताइए पनि उनीहरुलाई पनि गच्छेदार सहितका नेताहरु पार्टी एकिकरण प्रक्रियामा सहभागि गराउन कसरत गरिरहेका छन्। 

आइतवार नै घोषणा गर्ने भनिएको पार्टी एकिकरण राती अवेरसम्म विभिन्न राजनीतिक तथा सांगठनिक विषयम सहमति जुटाउन लागेका कारण हुन सकेको थिएन। निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन पनि दुबै पार्टीका नेताहरु गृहकार्यमा रहेका कारण पनि आइतवार नै हुने भनिएको एकता घोषणा कार्यक्रम प्रभावित भएको थियो। 

पार्टी एकिकरणको दस्तावेजमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।  देशमा अधिनायकवादको खतरा समेत रहेका अवस्थामा वलियो लोकतान्त्रक शक्ति बनाउने उद्धेश्यका साथ पार्टी एकिकरण गरिएको दस्तावेजमा उल्लेख छ। 

पार्टी एकता घोषणा कार्यक्रममा नेपाली काँग्रेसका शिर्ष नेताहरु केन्द्रिय समितिका पदाधिकारी र केन्द्रिय सदस्यहरु र विभिन्न तहका नेता कार्यकर्ताहरु उपस्थित थिए। नेपाल लोकतान्त्रिक फोरमका पनि सिंगो केन्द्रीय समिति र विभिन्न तहका नेताहरु सहभागि थिए। वालुवाटारको वैठक हलमा भएको एकता घोषणा कार्यक्रममा स्थान अभाव हुँदा वाहिर चौरमा समेत भिड व्यापक थियो।

एकता घोषणा कार्यक्रममा आउँदा काँग्रेस सभापति देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदारलाई कार्यकर्ताहरुले ताली वजाएर स्वागत गरेका थिए। 

एकता कार्यक्रममा लोकतान्त्रिक फोरमका सबै नेताहरुलाई देउवा र अन्य काँग्रेस नेताहरुले स्वागत गरेका थिए।

१० बर्षपछि गच्छेदारलाई पार्टीमै ल्याउन पाउँदा देउवा निकै खुसी देखिन्थे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ