arrow

गच्छदार देउवाको कारमा, नेता कार्यकर्ता दोधारमा !

भन्छन्–‘मनमा जय नेपाल भन्ने आँट आएको छैन’

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
gachadar_new.JPG

काठमाडौं । विजयकुमार गच्छदारको नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम काँग्रेससँग एकीकरण भएसँगै नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको छ ।

काँग्रेसबाट अलग भएको दश वर्षपछि  पुरानै घर फर्किएका गच्छदार काँग्रेस सभापति शेरबहादुर देउवाको गाडिमा सवार हुन पुगेका छन् । गृहकार्य नपुगि एकीकरण गरेको भन्दै नेता कार्यकर्ता भने दोधारमा परेका छन् ।

असन्तुष्ट भनिएका जिनेन्द्र नारायण देवले भने प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको एकीकरण समारोहमै सहमति पत्र पढेर सुनाए । देव मन खुला गरेरै कार्यक्रममा सहभागि भएको उनी टिकट नेताहरुले बताएका छन् ।

यद्यपि, २०७० सालको संविधान सभा निर्वाचनमा रौटहट २ बाट प्रत्यक्ष निर्वाचित निवर्तमान सांसद मोहम्मद मुस्ताक आलमले पार्टी अध्यक्षले आफुहरुलाई गुमराहमा राखेर पार्टी एकता गरेको बताएका छन् ।
उनले भने, ‘अहिले न विरोध गर्न जस्तो छ, न समर्थन गर्न जस्तो छ । सबै कुरा अध्यक्ष जी को जिम्मामा छ । उहाँले काँग्रेससँग के माग्नु भो ? के कुरामा सहमति भयो हामीलाई जानकारी छैन ।’ के दियो ? के लियो भन्नेबारे पार्टीका सबै पदाधिकारीलाई जानकारी आएको छैन ।

पार्टी एकीकरण भएपनि आफुहरु काँग्रेस भइनसकेको उनले बताएका छन् । उनले भने, ‘मनमा जय नेपाल भन्ने आँट आएको छैन ।’ हाम्रो अध्यक्षले आफु एक्लै भएपनि ठिक छ भन्नु भा हो कि सबैलाई मिलाउने गरेर कुरा मिलाउनु भा हो त्यसको जवाफ एक दुई दिनमा आउँछ होला ।

उनले चेतावनी दिँदै भनेका छन्, ‘एक दुई दिनमा त्यसबारे जवाफ नदिए उहाँले कल्पना नगरे हुन्छ कि हामी काँग्रेस बन्छौँ ।’ अहिले विरोध गरौँ कसरी ? समर्थन गरौँ कसरी ? दोधारमा छौँ, उनले भनेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा मामा भान्जाको लडाई हुने बताउँदै उनले भने, ‘जित्ने मान्छेले टिकट पाउने अवस्था हुन्छ कि हुँदैन भन्ने कुरेर बसेका छौँ । हार्नेलाई टिकट दिने स्थिति आए हामी अध्यक्षले भनेको मानिरहनु पर्छ भन्ने छैन । हामी स्वतन्त्र छौँ ।’ हामी सबैलाई चित्त बुझ्दो निर्णय ल्याएर सुनाउनेमा आशावादी छौँ । ल्याउनु भएन भने हामी काँग्रेसमा जाने कुरा कल्पना नगरे हुन्छ, उनले चेतावनीपूर्ण भाषामा भने ।

निवर्तमान सांसद एवं नेता डा. सुवोध कुमार पोखरेलले पार्टी एकीकरण गर्नु अघि पदाधिकारी र कार्य सञ्चालन समितिको बैठक बसेको बताए ।

उनले भने, ‘व्यक्तिगत असन्तुष्टि कसैका होलान् । तर, पार्टीका सबै पदाधिकारीलाई अध्यक्षले सोध्नु भएको हो । अध्यक्षले वाम एकीकरण भइरहेका बेला हामीले पनि लोकतान्त्रिक गठबन्धन गर्दा के हुन्छ ? भनि सोध्नु भएको थियो । एकाध साथीहरुले हुँदैन भनेका हुन् ।’

बैठकमा शिवलाल थापा, गोपाल दहित र यशोदा कुमारी लामा मात्रै उपस्थित थिएनन् । उनले भने, ‘उहाँहरु उपस्थित नभएपनि मन्त्री त हुनुहुन्छ । केही व्यस्तताले नआउनु भा होला ।’

वाम ध्रुवीकरण भइरहेका बेला कुनै साथीहरुले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गरेनन्, उनले भने, ‘सबै समानुपातिकमा बस्ने । कसैले प्रत्यक्ष चुनाव लड्ने हिम्मत नगर्ने भएपछि सुरक्षित बाटो अपनाइएको हो ।’ एमाले माओवादीको तालमेल र एकीकरण अभ्यासको घोषणा गर्दा पनि त माथिल्लो तहमा कुरा भएर भएको हो, तल्लो तहमा पछि अनुमोदन गर्ने कुरा हो नि । काँग्रेस जस्तो ठूलो पार्टीले त ठूलो त्याग गरेर हामीसँग एकीकरण गर्न आएको छ भने सानातिना कुरामा अल्झिनुपर्ने आवश्यकता छैन, उनले भनेका छन् ।

एकता भइसक्यो नआउनेलाई मन्त्रीबाट हटाइन्छ : चौधरी
लोकतान्त्रिक फोरमको उपाध्यक्ष रहेका रामजनम चौधरीले पार्टी एकीकरण भइसकेको र सबै काँग्रेसमा आउने बताए । उनले भने, ‘एकाध व्यक्तिहरुका पार्टीभित्र व्यक्तिगत असन्तुष्टि हुन्छन् नै । त्यो जुनसुकै पार्टीमा हुन्छ । मन्त्री भएकैहरु आउँदैनन् भने मन्त्री पदबाट हटाइन्छ ।’ सबै जना आउँछन् । पार्टी एकीकरण गर्नुअघि के गर्दा ठिक हुन्छ भनेर सबैको राय लिइएको चौधरीले बताए ।

अहिले पर्यटनमन्त्री रहेका जितेन्द्र नारायण देवले कुनै प्रतिक्रिया नदिएको समेत चौधरीले हाम्राकुरालाई जानकारी दिए । उनले भने, ‘उहाँ एकीकरण समारोहमै सहभागि हुनु भएको छ । उहाँले त्यस्तो कुनै प्रतिक्रिया जनाउनु भएको छैन ।’ कसले के भन्छन् भन्ने भन्दा पनि हामी काँग्रेससँग एकीकरण भइसकेको छौँ । कुनै व्यक्ति एकीकरण भएको होइन । सिंगो पार्टी एकीकरण भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ