arrow

चुनाव लड्ने तयारीमा रहेका ८८ किलो सुन भित्र्याउने नाइके पक्राउ

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
gold_a.jpg

काठमाडौँ । गत भदौं अवैध रुपमा राजधानीमा भित्र्याएको ८८ किलो सुन तस्करीमा संलग्न मुख्य व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङ स्वयम्भुबाट पक्राउ परेको महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताएका छन् ।

तामाङ आउँदो प्रतिनिधि सभाको लागि समानुपातिक सूचीमा परेका चर्चा छ । उनी नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत हुन् ।

८८ किलो सुनको नेपालतर्फ क्लियर बनाउने जिम्मा तामाङकै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तामाङलाई हिरासतमा राखेर महाशाखाले अनुसन्धान थालेको छ ।

गएको भदौं १९ गते रसुवाको केरुङ हुदैँ आएको ८८ किलो सुन काठमाडौँको क्षेत्रपाटीबाट प्रहरीले बरामद गरेको थियो ।

तामाङ ८८ किलो सुन भित्र्याउने घटनाका मुख्य योजनाकार चिनियाँ नागरिक पान वइ मिङ र यान बेङ विङसँग निकै नजिक रहेको प्रहरीको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ