arrow

राजपाका सहमहामन्त्री धारेवाल काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
shekhar-rajapa-party-prabesh.jpg

काठमाडौं। लोकतान्त्रिक गठवन्धन बन्ने क्रमसँगै त्यसको नेतृत्व गरेको नेपाली काँग्रेसमा गठवन्धन गर्ने दलहरु धुर्वीकृत भइरहेका छन्। अर्कातिर नेपाली काँग्रेससँग राजनीति दलहरु एकता गर्ने क्रम पनि जारी छ। 

कतिपय राजनीतिक दलका केन्द्रीय नेताहरु पनि काँग्रेसमा प्रवेश गर्ने क्रम वढिरहेको छ।

यसैबीच राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री दिलिप धारेवाल काँग्रेसमा प्रवेश गरेका छन्। धारेवाललाई काँग्रेस नेता डा शेखर कोईरालाले टीका लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका थिए। 

कोइरालाको निवासमै काँग्रेसमा प्रवेश गरेका धारेवाललाई दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाले माला लगाएर स्वागत गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ