arrow

दुई दिनमा ३ पार्टीले गरे काँग्रेससँग एकिकरण

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
sher_bijaya.png

काठमाडौं। नेपाली काँग्रेससँग २ दिनमा ३ पार्टीले एकिकरण गरेका छन्। दुई दिनमा काँग्रेससँग नेपाल लोकतान्त्रिक फोरम, नेपाल समता पार्टी र अखण्ड नेपाल पार्टीले एकिकरण गरेका हुन्। 

सोमबार नेपाल लोकतान्त्रिक फोरम र समता पार्टीले काँग्रेससँग एकिकरण गरे भने सोमबार अखण्ड नेपाल पार्टीले एकिकरण भएको थियो। 

नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि सोमबार पुन नेपाली काँग्रेसमै गााभिएको हो। गच्छेदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो। 

नेपाली काँग्रेससँग एकता पछि गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमै पूर्ण रुपमा विलय भएको हो। नेपाली काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ। 

यसैंगरि नेपाल समता पार्टी विधिवत रुपमा नेपाली काँग्रेसमा गाभिएको छ । सोमबार मधेशी जनाधिकार फोरम लोकतान्त्रिक काँग्रेसमा गाभिएसँगै त्यो पार्टी पनि काँग्रेसमा गाभिएको हो । विधिवत रुपमा पार्टी भागिएपछि पार्टीका महासचिव विक्रम कुँवरले आफूहरुको पार्टी खोल्नुको मुख्य ध्येय नै पूरा भएकोले आफूहरु काँग्रेसमा प्रवेश गरेको बताए । 

उनले १० वर्षे जनयुद्ध र माओवादी द्वन्द्वलाई व्यवस्थापन गरी मुलुकमा शान्तिस्थापना गर्नको लागि पार्टी खोलिएको भन्दै यो उद्देश्य पूरा भएपछि लोकतान्त्रिक विचारधारा बोकेको नेपाली काँग्रेससँग एकता गर्ने पार्टी निर्णय बमोजिम नै आफूहरु काँग्रेसमा समाहित भएको बताए । 

आइतवार मात्रै कुमार खड्काको नेतृत्वमा रहेको अखण्ड नेपाल पार्टी काँग्रेसमा समाहित भएको थियो। 

राजपाका सहमहामन्त्री धारेवाल काँग्रेसमा प्रवेश
लोकतान्त्रिक गठवन्धन बन्ने क्रमसँगै त्यसको नेतृत्व गरेको नेपाली काँग्रेसमा गठवन्धन गर्ने दलहरु धुर्वीकृत भइरहेका छन्। अर्कातिर नेपाली काँग्रेससँग राजनीति दलहरु एकता गर्ने क्रम पनि जारी छ। 

कतिपय राजनीतिक दलका केन्द्रीय नेताहरु पनि काँग्रेसमा प्रवेश गर्ने क्रम वढिरहेको छ।

यसैबीच राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री दिलिप धारेवाल काँग्रेसमा प्रवेश गरेका छन्। धारेवाललाई काँग्रेस नेता डा शेखर कोईरालाले टीका लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका थिए। 

कोइरालाको निवासमै काँग्रेसमा प्रवेश गरेका धारेवाललाई दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाले माला लगाएर स्वागत गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ