arrow

कांग्रेस लोकतान्त्रिक फोरम एकताः 'कम्युनिष्ट अधिनायकवाद रोक्न एकीकरण'

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
congress-forum-unification-prg.jpg

काठमाडौं । एक दशकपछि विजयकुमार गच्छादार नेपाली कांग्रेसमा फर्केका छन् । २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएस मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक  फोरमको नेतृत्व गर्दे आएका गच्छादारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससंग पार्टी एकता गरेका हुन् । 

आईतबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छादारले पार्टी एकीकरण सहमतिपत्रमा हस्ताक्षर गरे पनि सोमबार अयोजित घोषणासभामा मात्र दुवै नेताले त्यसलाई सार्वजनिक गरे । सहमति पत्रमा मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भईरहेकाले संविधानसभाबाट जारी संविधान र लोकतन्त्रलाई अझै मजबुद बनाउन पार्टी एकीकरण गरिएको उल्लेख छ ।,

एकता सभामा नेता रामचन्द्र पौडेलले कम्युनिष्टले मुलुकलाई ध्रुवीकरण गर्दै अस्थिरतातर्फ लैजान लागेको बेला फोरम लोकतान्त्रिकसंगको एकीकरण सकारत्मक रहेको दावी गरे । 

(नागरिक दैनिकबाट)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ