arrow

भवन भट्ट बने एनआरएनको नयाँ अध्यक्ष

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
bhawan_bhatta.jpg

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) को ८ औ महाधिवेशनबाट नयाँ अध्यक्षमा भवन भट्ट चुनिएका छन् । ४ दिन अघिदेखि काठमाडौंमा सुरु भएको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना घलेलाई भारी मतान्तरले पराजित गर्दै भट्ट विजयी भएका हुन् । 

सोमबार भएको मतदानको सोमबार राती मत परिणाम आएको थियो । मतपरिणाममा भट्टले ११ सय ९७ मत प्राप्त गर्दा घलेले ५ सय ८४ मत प्राप्त गरेकी छन्। कूल एक हजार ७ सय ८८ प्रतिनिधिले मतदानमा सहभागिता जनाएका थिए । निर्वाचन मार्फत् उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य विजयी भएभने महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएकी छिन्। 

महासचिवमा डा बद्री केसी, सचिवमा डिबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ