arrow

एनआरएनएको अध्यक्ष जीते भवनले, राजनीति जीते उपेन्द्र र जीवाले 

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
upendra-bhawan-jiwa.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट भारी मतअन्तर सहित निर्वाचित भएका छन्। देखिदा भट्टको यो विजयसँगै एनआरएनका संस्थापकहरु उपेन्द्र महतो र जीवा लामिछाने विजयी भएको जवर्जस्त चर्चा एनआरएनए वृत्तमा शुरु भएको छ।

एनआरएनएको राजनीतिमा प्रभावशाली मानिने उपेन्द्र र जीवालाई पछिल्लो दुई कार्यकालमा किनारामा पार्ने प्रयासलाई यो राम्रो जवाफ भएको कतिपयको टिप्पणी छ। एनआरएनएका संस्थापकहरुलाई नै किनारामा पार्ने संस्थागत प्रयास भएपछि ' साइलेन्ट मुभ ' गरेका उपेन्द्र र जीवाले निवर्तमान अध्यक्ष शेष घलेकै टीमका मानिएका भवन भट्टलाई आफ्नो टीमको तर्फबाट अध्यक्षको उमेद्वार मात्र हैन निर्वाचित गराएर आफ्नो प्रभाव समेत एक पटक पुन प्रदर्शित पनि गरेका छन्।  

शेष घलेको श्रीमती जमुना घले भन्दा दोव्वर बढी मत ल्याएका भवनको यो जीतले एनआरएनएमा अहिले पनि उपेन्द्र र जीवाकै सिक्का चल्ने पनि देखाएको छ। शुरुमा घले टीमबाट अध्यक्षका प्रत्यासी हुने बताइएका भट्टसँग उपेन्द्र जीवा समुहले उपाध्यक्ष कुमार पन्तलाई अध्यक्षमा उठाउने तयारी थियो। तर परिणाम आफूले सोचेजस्तो आउन नसक्ने विश्लेषण गरेपछि भट्टलाई नै आफ्नो समुहको समर्थन सहित अध्यक्षमा प्रस्ताव भएको थियो। यो क्रममा सामुहिक भावना देखाएर कुमार पन्तले उपाध्यक्षमै दोहोर्‍याउन तयार हुनु महासचिवमा वद्री केसी दोहोर्‍याउन राजी हुनु उपेन्द्र र जीवाको रणनीतिक सफलता थियो। यो रणनीतिले यूरोपको मतलाई एक ठाउँमा आउने वातावरण तयार गरेको थियो। 

निवर्तमान अध्यक्ष शेष घलेकै देश अष्ट्रेलियाका एनआरएनका सदस्यहरुको घलेसँगको असन्तुष्टीलाई भट्टले राम्रोसँग बुझेका थिए।त्यसको लाभ लिदै त्यहाँको ७० प्रतिशतको हाराहारीमा मत भवनको पक्षमा आउँदा भवनको कुटनीतिक क्षमता प्रदर्शन भएको थियो। आफ्नै देश जापानमा एनआरएनको अध्यक्षमा निर्विरोध गराएर भवनले शुरुदेखि नै आफ्नो पक्षमा वातावरण सहज बनाउँदै लगेका थिए। 

नभन्दै एकातिर जीत भवनको भयो अर्कातिर विजयी भावमा देखिए उपेन्द्र र जीवा। एनआरएनमा जीवाकै कारणले बएको बताउने शेषले आफैलाई ल्याएको मान्छेलाई यथोचित व्यवहार गर्न नसक्दा उनैबाट वहिर्गमित हुनुपरेको टिप्पणी भइरहँदा उनको प्रभाव एनआरएनको राजनीतिमा अझ वढ्ने पनि यो परिणामले देखाएको छ। 

सबै वर्गिय प्रतिनिधित्व, राजनीतिक विचार, जातीय सन्तुलनलाई समेत मिलाएर बनाएको भवनको टीम जित्दै गर्दा शेष मार्फत आउन एनआरएनमा आउन खोजेको परिवारवादलाई पनि एनआरएनले नस्विकारेको मतपरिणामले देखाएको छ। नेपालमा अझै पनि परिवारवादलाई मतदाताले नस्विकार्ने प्रवृतीलाई शेषले समयमै बुझ्न सकेनन्। उनले भावनात्मक रुपमा मात्र जमुनालाई अघी सार्दा जीतको स्पष्ट आधार पहिल्याउन सकेनन्। भलै जमुनको अन्तिम समयमा भएको घोषणा पुरा हिसाव किताव गरेर गरिएको घोषणाको रुपमा भट्ट समुहमा विश्लेषण गरिएको थियो। यो विश्लेषण पछि थप आक्रामक भएको भट्ट समुह आफ्नो जीतको लागि अगाडी बढिरहँदा घलेको पक्षमा एकपटक पनि राम्रोसँग माहौल आउन सकिरहेको थिएन। 

एनआरएनको अध्यक्षको रुपमा आफ्नो श्रीमतीलाई अगाडी सारिरहँदा उनले जमुनाको बारेमा नेपाली मिडियाहरुलाई पनि राम्री बताउन सकेनन्। जति संस्थागत ढंगले भवनले मिडिया व्यवस्थाापन गरेका थिए त्यसको छेउमा शेषको केहि देखिएन। विदेशमा रहेका नेपालीहरुले चलाएको मिडियामा पनि भवनको नै प्रभाव थियो। त्यहाँ पनि घले दम्पती कमजोर नै देखिए। कतिपयले घले दम्पतीको व्यवस्थापकीय र प्रवृतीमाथि एनआरएनले मत मार्फत वदला लिएको अर्थमा पनि परिणामलाई लिएका पनि छन्। तर ति असन्तुष्टीहरुलाई एकमुष्ट गर्दै आफ्नो पक्षमा पार्ने काममा भने फेरि पनि एनआरएनका महारथीहरु उपेन्द्र र जीवा सफल भएका छन्।

भट्ट प्यानलकै अधिकांश विजयी 
 मंगलबार बिहान आएको मत परिणामअनुसार भट्टले १ हजार १९७ मत पाए। उनकी प्रतिद्वन्द्वी जमुना घले गुरुङले ५८४ मत पाइन्। अध्यक्षमा विजयी भट्टले संघमा एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। 
 
सोमबार भएको निर्वाचनले आगामी २ वर्षका लागि अध्यक्षसहित ३८ पदमा नेतृत्व चयन गरेको हो। कुल १ हजार ८५४ मतदातामध्ये १ हजार ७८८ मतदानमा सहभागी भएका थिए। अधिकांश पदमा भट्ट प्यानलकै उम्मेद्वार बिजयी बनेका छन्। अध्यक्षदेखि कोषाध्यक्षसम्म लगभग सबै भट्ट प्यानलकै निर्वाचित भएका छन्। 

संघको २ खुला उपाध्यक्ष पदमा कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) क्रमशः १ हजार ३० र ६४४ मतसहित निर्वाचित भए। खुला उपाध्यक्ष पदमा चिरञ्जीवी थापा (जापान),  खगेन्द्र क्षेत्री (अमेरिका), रविना थापा (अमेरिका) तथा सोनाम लामा (अमेरिका) प्रतिस्पर्धी थिए।

महिला उपाध्यक्षमा सपिला राजभण्डारी (रसिया) १ हजार ८४ मतसहित विजयी बनेकी छिन्। उनकी प्रतिद्वन्द्वी रञ्जु थापा (अष्ट्रेलिया) ले ६३५ मत प्राप्त गरिन्। 

महासचिवमा डा. बद्री केसी (रसिया) ७ सय ६७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी यमकुमार गुरुङ (त्रिलोक) (हङकङ) ले ५३८ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) ले ३६४ मत प्राप्त गरे। 

दुई सचिव पदमा डबरबहादुर क्षेत्री (ओमन) र जानकी गुरुङ (बेल्जियम) निर्वाचित भए। उनीहरुले क्रमशः ६८६ र ६५५ मत पाए। सचिवमा डा. देवीबहादुर बस्नेत (दक्षिण कोरिया), गणेश केसी (अष्ट्रेलिया), ऋषिराम कँडेल (अष्ट्रेलिया) र सन्तोषकुमार भट्टराई (जर्मनी) प्रतिस्पर्धामा थिए। 
 
कोषाध्यक्षमा एक हजार ३८ मत सहित हिक्मतबहादुर थापा (नाइजेरिया) पुनः विजयी भए । उनका प्रतिस्पर्धी मुक्षेत्र गुरुङ (बेलायत) ले ६५३ मत प्राप्त गरे। त्यसैगरी, सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा (डेनमार्क) विजयी भए। उनका प्रतिद्वन्द्वी चक्रबहादुर थापा (न्युजिल्यान्ड) थिए। सापकोटा र थापाले क्रमशः एक हजार ३९ र ५२६ मत पाए। 

महिला संयोजक पदमा प्रतिद्वन्द्वी भूमादेवी लिम्बू (अष्ट्रेलिया) लाई पराजित गर्दै रजनी प्रधान (बेल्जियम) विजयी भएन। प्रधानले ९८२ मत पाइन् भने लिम्बुले ६७६ मत पाएकी थिइन्। 

युवा संयोजकमा सुदन थापा (जापान) ४९७ मत सहित निर्वाचित भएका। युवा संयोजकमा चार प्रतिश्पर्धी थिए।
 
अफ्रिका क्षेत्रमा सबै निर्विरोध निर्वाचित भए।  संयोजकमा सुनिल कार्की (केन्या), उप–संयोजकमा डा. भुवनप्रसाद ढकाल (केन्या) र शिवप्रसाद शर्मा (तान्जिनिया), महिला उप–संयोजकमा मनकला विष्ट थापा (नाइजेरिया) तथा युवा उप–संयोजकमा बाबुराम लुइँटेल शर्मा (मोजाम्बिक) निर्विरोध चुनिएका हुन्।
 
एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय संयोजकमा किरणविक्रम थापा (जापान) निर्वाचित भए। क्षेत्रीय उप–संयोजक (एशिया प्रशान्त) का लागि पारसमणि पोखरेल (जापान) र विनोद कुँवर (कोरिया) चुनिए। एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय महिला उप–संयोजकमा जूनुमाया गुरुङ (कोरिया) निर्विरोध निर्वाचित भइन् भने युवा उप–संयोजक पदमा उम्मेदवारी परेन। 

अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक पदमा गौरीराज जोशी (अमेरिका) र उप–संयोजकमा नवीन शेरचन (अमेरिका) निर्वाचित भए। अमेरिका क्षेत्रीय महिला उप–संयोजकमा संगीता लम्साल शिवाकोटी (अमेरिका) र युवा उप–संयोजकमा डा. वर्षा मोक्तान (अमेरिका) निर्विरोध निर्वाचित भए। 

मध्यपूर्व क्षेत्रका लागि संयोजकमा राजेन्द्रकुमार शर्मा (कतार) चुनिए। यो क्षेत्रको दुई क्षेत्रीय उप–संयोजक पदमा गोपालप्रसाद कँडेल (यूएई) र प्रवीण गुरुङ (कतार), महिला उप–संयोजकमा यासयीन बेगम (सैयद) (साउदी अरब) तथा युवा उप–संयोजकमा राजकुमार बस्नेत (बहराइन) निर्विरोध निर्वाचित भए। 
 
ओसिनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी (अष्ट्रेलिया) विजयी भएका छन्। यो क्षेत्रको उप–संयोजकमा ईश्वरचन्द्र कुईँकेल (अष्ट्रेलिया) र लोकनाथ पौडेल (न्युजिल्यान्ड) को बराबर मत आएको छ भने महिला उप–संयोजकमा प्रीति शर्मा (अष्ट्रेलिया) तथा युवा उप–संयोजकमा ऋषिराज आचार्य (अष्ट्रेलिया) विजयी भए। 
 
युरोप क्षेत्रीय संयोजक पदमा शिव बरुवाल (बेल्जियम) निर्वाचित भए। युरोप क्षेत्रका लागि २ उप–संयोजक पदमा गोविन्द गौतम (रसिया) र एकराज गिरी (स्पेन) विजयी भए। त्यस्तै, महिला उप–संयोजक पदमा संगीता मरहठ्ठा (बेलायत) र युवा उप–संयोजक पदमा जयकृष्ण ठाकुर (डेनमार्क) निर्विरोध निर्वाचित भए। 
 
एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा २१ जनाको कार्यसमिति रहन्छ। उक्त समितिमा पदाधिकारी सहित ६ क्षेत्र तथा महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यवस्था छ। 

Image may contain: 5 people, people smiling, people standing and suit

Image may contain: 41 people, people smiling, people standing



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ