arrow

साइवर अपराधमा लगातार वृद्धि

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
cyber-crime.jpeg

बेइजिङ।  चीनमा सन् २०१७ को पहिलो नौ महिनामा ७१० जनालाई साइवर अपराध गरेको दोषी ठहर गरी कारबाही गरिएको छ । 

अघिल्लो बर्षको तुलनामा यो तथ्यांक ८०.७ प्रतिशत वढी भएको चीनको सर्वोच्च न्यायाधिवक्ताको कार्यालयले सोमबार जनाएको छ । 

यो अवधिमा ३३४ ओटा यस्ता मुद्धाहरु परेको पनि जनाइएको छ । यसमा ८२.५ प्रतिशत बृद्धि भएको कार्यालयका प्रवक्ता वाङ सोङमिआओले जानकारी दिए । 

विद्युतीय अवराध संगठित रुपमा बढ्दै गईरहेको पाईएको छ, त्यस मध्ये विषेश गरेर अनलाईनबाट हुने ठगी र नक्कली काम बढी हुने गरेको उनले जानकारी दिए । 

विद्युतीय आक्रमण, विद्युतीय अश्लील सामग्रीको प्रयोग, अनलाईनबाट हुने ठगी, नक्कली काम, व्यक्तिगत सूचनाको चुहावट, चोरी, दुरुपयोग, गोपनीयता खोलीदिने भन्दै धम्की दिने, विद्युतीय आतङ्क लगायतका अपराधहरु हुने गरेको पाइएको अधिकारीहरुले जनाएका छन् । सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ