arrow

झापामा राप्रपा  (प्रजातान्त्रिक)ले गर्यो उम्मेदवार सिफारिस

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
raprapa_prajatantrick.jpg

दमक ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ । 

उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्याशी सर्वसम्मत उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरिएको छ । 

जिल्ला समितिको बैठकले दलबीच सहमतिबमोजिम गठबन्धन भएर निर्वाचनमा जानु परे प्रस्तावित नामावली फिर्तासँगै गठबन्धन भएर अघि बढ्नुपर्ने समेत निर्णय गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

पार्टीले सार्वजनिक गरेको उम्मेदवारको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं १ मा घनश्याम लामिछाने, २ मा मनोजकुमार बोहोरा, ३ मा रोहितचन्द्रसिंह राजवंशी, ४ मा गजबहादुर भण्डारी र ५ मा जयबहादुर श्रेष्ठ रहेका छन्  । 

यस्तै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा शिवकुमार चौहान, १ कै २ मा दीपेश राई, क्षेत्र नं २ मा लक्ष्मीप्रसाद ढकाल, २ कै २ मा भने ओमप्रकाश मिश्र, क्षेत्र नं ३ (१) मा धर्मेशचन्द्रसिंह राजवंशी, (२ ) मा देवेन्द्रराज कन्दङ्वा, क्षेत्र नं ४को (१) मा इन्द्रबहादुर बस्नेत, २ मा चन्द्रबहादुर योङ्या र ५ को १ मा देवेन्द्रकुमार खड्का र (२) मा विष्णुबहादुर धिमाल उम्मेदवार बन्ने भएका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ