arrow

दशैं मनाउन आएका राहदानी र नागरिकता बनाएर फर्कदैं

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ असोज ३१ मंगलबार
palpa-passport.jpg

पाल्पा।दशै विदा सकिए लगत्तै जिल्लामा रहेका प्रायः सरकारी कार्यालय सेवा ग्राही र कर्मचारीको अनुसपस्थितिले सुनसान बने पनि जिल्ला प्रशासन कार्यालयमा भने निकै चहलपहल हुने गरेको छ। अन्य विकासे कार्यालय सुनसान बनिरहेका बेला जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड अन्य समयमा भन्दा बाक्लो देखिएको छ। 

कामको सिलसीलामा जिल्ला बाहिर रहेका युवा युवती दशै मनाउन घर आएको मौका छोपेर राहदानी र नागरिकता बनाउन थालेका कारण यहाँ भीड भएको हो। कोही राहदानीको सिफारिस लिएर जाने तथा कोही यतै बाट राहदानी बनाउन फारम बुझाउन आउने गरेका छन्। 

दशैमा घर आएको मौका छोपेर काठमाडौँ बस्नेले सिफारिस लिएर जाने तथा अन्यले यतैबाट राहदानी बनाउन फार।म भरेर जाने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासनमा  दशैको विदा पछि कार्यालय  खुलेको दिन देखी अशोज ३० गते सम्मको तथ्याङ्क अनुसार १ सय १५ जनालाई राहदानी वितरण गरी सकेको  र २ सय ९० जनाले राहदानी बनाउनको लागि सिफारिस लिएका छन्।  जस मध्ये काठमाडौँबाट बनाउन सिफारिस लिनेको सङख्या ४५ र राहदानी बनाउन जिल्लाबाटै सिफारिस लिनेको सङख्या २ सय ४५  रहेको छ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा नागरिकताको प्रमाण पत्र लिनेको समेत भीड रहेको छ। कामको सिलसिलामा बाहिर रहेका युवा युवती तथा अभिभावक दशै मनाउन घर आएको समयमा नागरिकताको प्रमाणपत्र लिन आउने गरेको पाईन्छ। दशैं विदा पछि कार्यालय खुलेको अवधि देखि असोज २९ गते सम्ममा  ५ सय ५४ जना युवा युवती लाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ। प्रशासनका अनुसार ५ सय २९ जनालाई नयाँ नागरिकता  र २५ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरेको बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ