arrow

इराकी सेनाले फिर्ता लियो किर्कुक सहर ,संयमित रहन अमेरिकाको आग्रह

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
airaki_armiy.jpg

किर्कुक । इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता भएको छ । इराकी सेनाले विगतका केही हप्तादेखिको निरन्तर प्रयासपछि सोमबार सो सहर फिर्ता लिएको हो । 

 फिर्ता लिइएको सहरको गभर्नरको कार्यालय, यसअघि त्यहाँ राखिएका सैनिकका क्याम्पहरु र केही तेलक्षेत्र पनि रहेको छ । 

इराकी सेनाले सो सहर फिर्ता लिएको घटनालाई आफ्नो उपलब्धिका रुपमा लिएको छ । सोमबार इराकी सेनाले सो सहर फिर्ता लिनु एक उपलब्धि भएको जनाएको थियो । 

इराकी सेनाको नेतृत्वमा रहेको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएको यस घटनालाई इराकी सरकारले पनि उपलब्धि भनेको छ । 

इराकको सरकारी फौजले सैन्य कारबाही शुरु गरेको २४ घण्टामा नै किर्कुकको विवादास्पद उक्त सहरलाई कुर्दिस लडाकूहरुको नियन्त्रणबाट फिर्ता लिएको हो । तर सेनाले बिगतमा पनि पटक पटक सो सहर फिर्ता लिन निकै प्रयास गरेको थियो । 

यो सहर नियन्त्रणमा आएपछि सेनाका लडाकू तथा अन्य अत्याधुनिक गाडीहरु सहरको केन्द्रमा प्रवेश गरेका छन् । सोमबार फिर्ता भए लगत्तै  स्थानीय सरकारको मुख्यालयमा इराकको झण्डा फहराइएको बताइएको छ । 

सेनाले कारबाही थाल्नुअघि नै सर्वसाधारणहरुलाई बाहिर ननिस्कन वा कतै अन्यत्र जान सूचना जारी गरेको थियो । हजारौँ सर्वसाधारण त्यहाँबाट अन्यत्रै गइसकेका पनि सेनाले जनाएको थियो । 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अमेरिकी विदेश मन्त्रालयले किर्कुक सहरमा शान्तिपूर्ण अवस्थाको सिर्जना गर्न आग्रह गरेको छ ।  सबै नागरिकलाई र इराकी सेनालाई पनि विशेष रुपमा शान्त रहन आह्वान गरेको छ । 

अमेरिकी विदेश मन्त्रालयले सोमबारै एक विज्ञप्ति प्रकाशन गरी थप झडपहरु नगर्न र सबै पक्षलाई संयमित र शान्त रुपमा रहन आह्वान गरेको थियो ।

उक्त सहरमा विगतका केही समयदेखि इस्लामिक स्टेट समूहको प्रभाव बढ्दै जान थालेको भन्दै उक्त समूहलाई त्यहाँबाट निस्तेज पार्न अझै धेरै गर्नुपर्ने भन्दै इराकी र कुर्द फौजको तनाबले त्यो कार्यलाई कम महत्वमा पार्नसक्नेतर्फ ध्यानाकर्षण गराएको हो । एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ