arrow

देउवाको दवाव थेग्न नसकेर माओवादी सरकारबाट बाहिरिदै

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
deuba-and-prachnd-ji-nya-news.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । 

एमालेसँग गठवन्धन गरेसँगै काँग्रेस नेतृत्वको सरकारले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादी सरकार छोड्न बाध्य बनेको हो । सरकारमा रहे पनि माओवादीका मन्त्रीहरुलाई 
विनाविभागिय वनाउने तयारी प्रधानमन्त्री देउवाले थालेसँगै माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताइएको छ । 

सरकार छोड्नुअघि माओवादीबाट गृहमन्त्री बनेका जनार्दन शर्मा प्रभाकरले दिउसो दुईबजे  मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी भइ रहेको मन्त्रीको सचिवालयले जनाएको छ । उता माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएका छन् ।

एमालेसँग वाम गठवन्धमा भए पनि सरकारबाट नजाने बताउदै आएको माओवादी काँग्रेसको दवावका कारण सरकार छोड्न बाध्य भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ