arrow

माओवादी पछि हट्यो, सरकार नछोड्ने

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
deuprachanda.jpg.jpeg

काठमाडौं। सरकार छोड्ने तयारीमा रहेको भनिएकै बेला नेकपा माओवादी केन्द्र एकाएक पछि हटेको छ। सरकारबाट हट्ने जानकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेे प्रधानमन्त्री शेर बहादुर देउवालाई गराउने अन्तिम तयारीमा रहेका बेला उसले एकाएक सरकार नछोड्ने जानकारी गराएको हो। 

सरकार छोड्ने जानकारी गराउन गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्न पत्रकारलाई निम्तो गरेका गृहमन्त्री जनार्दन शर्माले अचानक सरकारले चुनाव नगराउने षडयन्त्र गरेका कारण आफूहरु सरकार नछोड्ने मनस्थितिमा पुगेको बताए।

अध्यक्ष प्रचण्डले सरकार छोड्ने जानकारी प्रधानमन्त्रीलाई गराउन जान लागेको बेला निर्वाचन आयोगलेे सरकारले निर्वाचन सार्न लागेको जानकारी आफूहरुलाई गराएपछि एकाएक सरकार छाड्ने निर्णय फिर्ता गरेको गृहमन्त्री जनार्दन शर्माले बताए। 

सरकार छोड्ने निर्णमा पुग्न लागेका आफूहरु अहिले पनि चुनाव गराउने प्रत्याभुति भए सरकारमा टाँसिएर नबस्ने उनले बताए।

अध्यक्ष प्रचण्डसँगको परामर्शमा आफूहरु सरकार नछाड्ने अवस्थामा पुगेको जानकारी गराए। 

प्रधानमन्त्रीका तर्फबाट चुनाव सार्ने ' षडयन्त्र ' भएको आरोप लगाएका शर्माले सरकारको नेतृत्व गरेका देउवासँग कसरी एउटै सरकारमा बसेर काम गर्ने भन्ने बारेमा केहि बताएनन्। 

गृह मन्त्रालयलाई प्राप्त सूचनाका आधारमा आफूहरुले यो निर्णय गरेको बताउने उनले अबको राजनीतिक गतिरोधलाई कसरी सामना गर्ने भन्ने कुरा परिस्थितिमा भर पर्ने बताए।

माओवादी केन्द्रले प्रधानमन्त्रीमाथि नै आरोप लगाएर सरकार नछोड्ने बताएपछि प्रधानमन्त्री माओवादी मन्त्रीहरुलाई के गर्छन त्यो भने हेर्न वाँकी छ। वालुवाटार स्रोतका अनुसार माओवादी मन्त्रीहरुलाई विनाविभागिय वनाउने तयारी गरेपछि सरकार छाड्ने स्थितिमा पुगेका माओवादीलाई अब भने प्रधानमन्त्री सरकारका मन्त्रीहरुको हेरफेर भन्ने एक सूचना जारी गर्न लगाएर अपदस्थ गराउन सक्नेछन्। 

माओवादीले निर्वाचन आयोगको हवाला दिएर सरकार नछोड्ने कुरा बताइरहँदा माओवादीले निर्वाचन आयोगलाई भने नराम्री विवादमा पनि तानेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ