arrow

आमाले छाडिन्, बाबु जेल परे, दुई बालकको विचल्ली

logo
प्रकाश धौलाकोटी 
प्रकाशित २०७४ असोज ३१ मंगलबार
Aathrai_Gaunpalika.png

तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका ४, इवाको सिमादुङ बस्तीका दश वर्षे निर्जल खपाङ्गी मगरलाई दुई वर्षको नहुँदै आठबर्षअघि आमाले छाडेर गइन् । 

त्यतिबेला पाँच वर्षका उनका दाजु निर्मल अहिले १३ वर्ष पुगेका छन् । आठबर्षअघि आमाले छाडेपछि यी दुई बालकको विचल्ली भएको छ । आमाको माया गुमाइसकेका उनीहरुलाई बुबा मानबहादुरले पनि समय दिन सकेनन् । 

आमाले छाडेपछि बाबुको पनि अवस्था नाजुक बन्यो । गरिबी र अशिक्षाले पिल्सिएको मानबहादुरको घरमा साँझ बिहान चुलो बाल्नै मुस्किल पर्यो । सँगसँगै काम गर्दै बनिबुतो गरेर दुई छाक हातमुख जोर्दै आएकी श्रीमतीले छाडेर अर्कैसँग गएपछि मानबहादुरले अत्यधिक मादक पदार्थ सेवन गर्न थाले । छोराहरुको हेरचाह पुगेन । 

दुवै छोराहरु सानैदेखि छरछिमेककै आडमा हुर्किए, डुल्ने घुम्ने बानी लाग्यो । श्रीमतीले छाडेपछि विरक्तिएका मानबहादुर पनि छोराहरुको असल अभिभावक बन्न सकेनन् । अन्ततः मानबहादुर पनि गत असारमा जबर्जस्ती करणीको आरोपमा जेल परे । त्यसयता दुई बालकको झनै विचल्ली भएको छ । उनीहरुको आफ्नो घर भएपनि त्यहाँ चुलो नबलेको वर्षौ बितेको छ । 

मानबहादुरको भागमा करिब तीन रोपनी जमिन रहेको भए पनि त्यो पनि अंशबण्डा भएको छैन । अहिले त्यो जमिनमा खेतीपाती लगाउने मान्छे पनि छैन । निर्मल र निर्जल तीन महिनादेखि विद्यालयमा नियमित छैनन् । स्थानीय जनता आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने निर्मल र कक्षा ३ मा पढ्ने निर्जल दुवैको पढाइ लथालिङग छ । छिमेकीकहाँ बसेर पढ्न जाने गरेपनि उनीहरुको खाने, बस्ने र हिँड्ने कुनै ठेगान छैन । 

गाउँमा अहिले तिहारको रौनक छ । तर यी दाजुभाइलाई न त दशैँ नै आयो, न त तिहार नै । बाटोमै भेटिएका निर्मल भन्छन्, “आमाले छाडिन्, बुबा जेलमा छन्, हामीलाई न दशैँ आयो, न तिहार नै ।” बाबुआमा दुवै भएर पनि टुहुरा बनेका यी दुईको न त भोक मेटाइदिने बाबु छन्, न त रुन कराउन आमाको काख नै । 

विद्यालय जाने बेला यिनका हातमा कापी, किताब र झोला हुँदैन, न त लगाउने विद्यालय पोशाक नै हुन्छ ? कहिले भोकै विद्यालय पुग्छन्, कहिले कति बजे विद्यालय पुग्ने भन्ने नै थाहा हुँदैन उनीहरुलाई । सानो छँदाको कुरा सम्झिँदै निर्मल भन्छन्, “बुबाले मादक पदार्थ सेवन गरी आएर आमासँग झगडा गर्थें, पछि आमाले पनि छाडेर हिँडिन् ।” 

आमाले छाडेर अर्कैसँग पोइला गएकी उनले बताए । आमाले छाडेपछि आफूहरु मामली पनि नगएको उनी बताउँछन् । आमा बाबुले छाडेपछि दुई बालकको विचल्ली भएको पूर्ववडाध्यक्ष गंगाप्रसाद इङनामले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ